शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विदेश पठाइदिने भन्दै ४७ लाख ९२ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १२ २०८३
विदेश पठाइदिने भन्दै ४७ लाख ९२ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाइ सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

काठमाडौं- वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ४७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका-१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका-५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारू, चितवन भरतपुर महानगरपालिका-४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौं महानगरपालिका-२९ निवासी ३७ वर्षीय विकास दाहाल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चौधरीले पोल्यान्ड पठाउने भन्दै २३ लाख, थारूले मकाउ पठाउने भन्दै पाँच लाख, बारघरेले क्यानडा पठाउने भन्दै तीन लाख ९२ हजार तथा दाहालले क्यानडा पठाउने भन्दै १६ लाख रकम असुलेका थिए।

रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाइ सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा चारै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।


प्रकाशित : शुक्रबार, असार १२ २०८३११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend