शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पशुपति धर्मशाला सिलको प्रयासमा कोष, बतास समूहले भन्यो- विषय अदालतमा छ, हामी पत्र बुझ्दैनौँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
images
पशुपति धर्मशाला सिलको प्रयासमा कोष, बतास समूहले भन्यो- विषय अदालतमा छ, हामी पत्र बुझ्दैनौँ
images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले बतास समूह अन्तर्गतको आनन्द होटल प्रालिले भाडामा सञ्चालन गरिरहेको नेपाल-भारतमैत्री पशुपति धर्मशाला सिल गर्ने प्रयास गरिरहेको छ।

images
images
images

कोष परिषद्को सोमबारको निर्णय कार्यान्वयनका लागि भन्दै सिलको प्रयास भएको हो। प्रहरीको सहायतामा धर्मशाला सिल गर्न पुगेका कोषका पदाधिकारीहरूले होटलका कर्मचारीलाई पत्र धमाउन खोजेका थिए। तर कर्मचारीहरूले पत्र नबुझेपछि उनीहरूले बतास समूहको अध्यक्ष आनन्द बतासलाई पत्र बुझिदिन फोनबाट आग्रह गरेका थिए।

images
images

धर्मशाला सिल गर्ने आशंका भएको भन्दै दायर भएको रिटमा बिहीबार मात्रै उच्च अदालतबाट सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ। साथै अन्तरिम आदेशका लागि २१ गते छलफलमा बोलाउने आदेश आएको भन्दै बतासले पत्र नबुझ्ने बताएको स्रोतले जानकारी दियो।

images
images

उच्च अदालत पाटनले आजमात्रै धर्मशाला सिल गर्ने विषयमा परेको रिटमा कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो।

साथै बतास समूहले 'छापामार शैलीमा कब्जाको प्रयास भएको' भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवदेनसमेत दिइसकेको छ।धर्मशालाको विषयका मुद्दा अहिले सर्वोच्च र उच्च अदालत पाटनमा विचाराधीन छ। 

सोही विवरणसहित बतासले आउने आइतबारमात्र आफूहरूले पत्र बुझ्ने भनेर जवाफ दिए पनि कोषले जिल्ला प्रसाशन कार्यालयको सहयोगमा सिल गर्ने प्रयास गरिरहेको हो।


प्रकाशित : बिहीबार , चैत १७ २०७८१३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend