बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दृष्टिविहीन नागरिक दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेको भन्दै आक्रोशित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
दृष्टिविहीन नागरिक दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेको भन्दै आक्रोशित

आफूहरुलाई गरिखानसमेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन्। सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो छ।

काठमाडौं- सडकपेटीमा विभिन्न व्यवसाय गरी गुजारा गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएको भन्दै दृष्टिविहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

काठमाडौंको माइतीघरमा बिहीबार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई गास, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन्।

सरकारले आफूहरुको माग सुनुवाइ नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिविहीन रोजिना अर्यालले बताइन्। उनले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरुलाई जब्बरजस्ती धरपक्कड गरेको भन्दै आपत्ति जनाइन् ।

‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी सरकारले दिनुपर्‍यो। हामी यसरी सडकमा आउनुपर्ने बाध्यता भयो। सरकारले चाँडो भन्दा चाँडो हाम्रो कुरा सुनोस्। क्षमता हुँदाहुँदै पनि हामी बाध्यताले यहाँ सडकमा उत्रिनुपरेको छ। हाम्रो पनि सडकमा नै बसेर जिविकोपार्जन गरौ भन्ने माग त होइन नि' उनले भनिन्, 'हामीलाई रोजगारी चाहिएको छ। हामीले हाम्रो बालबालिकालाई पनि राम्रो शिक्षादीक्षा दिनु पाउनुपर्दछ। हाम्रो माग सरकारले चाँडो भन्दा चाँडो सुनुवाई गरोस्। हामी ध्यानाकर्षण गराउन आएका हौँ।’

सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरुमाथि धरपक्कड सुरु गरेपछि विगत चार दिनयता दृष्टिविहीन व्यवसायीहरुको समूह नै माइतीघरमा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म धर्नामा बस्दै आएको छ।

उनीहरुले आफूहरुलाई गरिखानसमेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन्। सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो छ।


प्रकाशित : बिहीबार , असार ११ २०८३१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend