बाजुरा- बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन्।
उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन्। बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३/८४ का लागि ५१ करोड ६९ लाख १९ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गरेकी छन्।
बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३/८४ का लागि ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन्।
त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजारको बजेट रुपैयाँ सभामा प्रस्तुत गरेकाे छ। सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ १९ करोड ७७ लाख २८ हजार रुपैयाँको बजेट जाहेर गरेकी हुन्।
त्यस्तै, बुढीनन्दा नगरपालिकाले पनि ५७ करोड छ लाख ९६ हजार रुपैयाँ बजेट सभामा प्रस्तुत गरेकाे छ। नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड, आठ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेका हुन्।
हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि ४३ करोड ६८ लाख ३९ हजार रुपैयाँ बजेट पेस गरिन्। उनले पुँजीगततर्फ १८ करोड एक हजार र चालुतर्फ २५ करोड ६८ लाख २१ हजार रुपैयाँ प्रस्तुत गरेकी हुन्।
यता, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले ४४ करोड १६ लाख दुई हजार रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेकी छन्।
जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले चालुतर्फ २३ करोड ६८ लाख १० हजार ५ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड ९४ लाख ९० हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ।
खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३/८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजार रुपैयाँको बजेट पेस गरेकी छन्।
त्यस्तै, गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३/८४ का लागि ४० करोड ३१ लाख २९ हजार रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरिन्। थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गरेकी हुन्।
सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ।