आइतबार, मंसिर ९ गते २०८१    
images
images

स्थानीय निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
images
images
स्थानीय निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु
images
images

काठमाडौं- आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ।

images
images
images

मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

images

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिए। मतपत्र छपाइभन्दा अघि मेसिनको परीक्षण गरिएको छ।

images

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ। विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ। कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ।

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ। नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ। रासस


प्रकाशित : बिहीबार , चैत १७ २०७८१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend