सोमबार, वैशाख १७ गते २०८१    
images
images

सेफ सन्तोष साहले तयार गरेको नेपाली खानाको ७ कोर्ष मेनुलाई 'प्लेटिङ'

images
images
images
सेफ सन्तोष साहले तयार गरेको नेपाली खानाको ७ कोर्ष मेनुलाई 'प्लेटिङ'
images
images

काठमाडौं- बीबीसी मास्टर सेफको रि-म्याच विजेता सेफ सन्तोष साहले तयार गरेको कुक बुक 'ऐला' अन्तर्गत रहेको नेपाली खानाको ७ कोर्स मेनुलाई बिहीबार अनुभवी नेपाली सेफहरुले 'प्लेटिङ' गरेका छन्।

images
images
images

ललितपुरको सातदोबाटो स्थित आइएचएम कलेजमा आयोजित कार्यक्रममा व्यावसायिक सेफहरुले 'ऐला'मा  समावेश नेपाली खानाका परिकारलाई ७ कोर्षमा राखेर पस्किएका हुन।

images

कलेजको ५ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भन्डारीको 'आलि देखि थालीसम्म'को अभियानसँग परिमार्जन गर्दै नेपाली मौलीक खानाहरुको मेनुलाई सेफ जित मोक्तान, मिथिला खानाका अभियन्ता सेफ महेश साह तथा आइएचएम कलेजका सेफहरुले मौलीक तथा 'फ्युजन कन्सेप्ट'मा पस्किएका हुन।

images

७ कोर्ष मेनुमा स्टाटरमा आलुचप सागवाला, सुपमा आसल र लौकीको तातो झोल, माछाको परिकारमा माछा तरुवा, पहिलो मेनकोर्ष 'ननभेज' खसी पक्कुसँग गोलभेडा भात र कडी करी, दोस्रो मेनकोर्ष 'भेज' कटहर पोलेको सँग कागुनो र सिस्नो आलु, डेजर्टमा तराई मालपुवा र रब्रि तथा बेभरेजमा मसला टिलाई तयार गरि प्रदर्शन गरिएको थियो।

images
images

सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामा, जिएनसिएफका महासचिब मोहन गजुरेल, सुनसरी अध्यक्ष प्रेम तुम्बापो, कलेजका एकेडेमिक डाइरेक्टर सेफ बिकास डंगोलले प्रस्तुत नेपाली मौलीक खानामाथी समीक्षा गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै भान्से भन्डारीले हामीले बिर्सदै गएका नेपाली मौलीक परिकार, कल्चर, पहिचान र बिबिधतालाई सेफ सन्तोस साहको ऐलाले फेरी एकपटक ब्यवसाहिक ढोका खोलेको भन्दै ७ कोर्ष मेनुको प्रस्तुतीले खानालाई अझै जनस्तरमा पुर्‍याएको बताए। 

त्यस्तै क्यान अध्यक्ष श्याम लामाले ऐलामा समाबेश नेपाली मौलीक खानालाई हाम्रो आफ्नै पहिचान आलि देखि थालिसम्म जोडेर प्रस्तुत गरिनु आफैमा विशेष भएको धारणा राखे।

कलेजका सीईओ सुराच प्रसाईले स्थापना कालबाटै आफुहरुले नेपाली मौलीक खानाको खोज, प्रवर्दन र पस्कने कार्यलाई अभियानकै रुपमा लिएको स्मरण गर्दै ऐलामा समावेश नेपाली मौलीक खानाका रेसिपिबाट युवा पुस्ताका सेफहरुले समेत धेरै सिक्ने अवसर पाएको बताए।

सीईओ प्रसाईले सेफ साहसँगको संवाद स्मरण गर्दै सेफ साहसहित बिबिसी मास्टरसेफका ४ जना फाइनलिस्ट नेपाल आउने तयारीमा रहेको र मौलीक खानाको यो प्रस्तुतिले स्वागत अभ्यासमा रुपमा समेत लिन सकिने बताए।

पाककला प्रशिक्षणको अग्रणी संस्था आइएचएम कलेजले आजै बिबिध कार्यक्रमको आयोजना गरि आफ्नो ५ औ स्थापना दिवस मनाएको छ।

images

प्रकाशित : बिहीबार , चैत १७ २०७८११:४६

प्रतिक्रिया दिनुहोस