सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

११ महिनामा रोजगारीका लागि बाहिरिए ७ लाख २२ हजार युवा

सोमबार, असार ८ २०८३
११ महिनामा रोजगारीका लागि बाहिरिए ७ लाख २२ हजार युवा

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ७ लाख २२ हजारभन्दा बढी रहेको छ।

चालु आर्थिक वर्षको ११ महिनामा रोजगारीका लागि बाहिरिएको युवाको संख्या गत आवको सोही अवधिको तुलनमा केही कम हो। सरकारले एक महिनाभन्दा बढी समय खाडीका मुलुक जाने कामदारको श्रम स्वीकृति दिन बन्द गरेको थियो।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको ११ महिनामा वैदेशिक रोजगारीका लागि ७ लाख २२ हजार ८ सय ४१ जना युवाले श्रम स्वीकृत लिएका छन्। जुन गत आवको तुलनामा ३७ हजार ५ सय ५० ले कम हो।

गत आवको सोही अवधि वैदेशिक रोजगारीका लागि ७ लाख ६० हजार ३ सय ९१ युवाले श्रम स्वीकृत लिएका थिए। 


प्रकाशित : सोमबार, असार ८ २०८३११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend