सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ८ २०८३
बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आज सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य आइतबार २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँ रहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, असार ८ २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend