काठमाडौं- समय बदलियो, बाटो बदलियो, सवारीसाधन बदलिए। तर मानिसहरूलाई जोड्ने चौतारीको भावना भने उस्तै छ। यही आत्मीयता, अनुभव आदान–प्रदान र सम्बन्ध सुदृढीकरणको भावनालाई निरन्तरता दिँदै लक्ष्मी ल्युब आयल प्रालिले ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको छ।
नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्ने र सम्बन्धलाई बलियो बनाउने काम गर्थ्यो, त्यसैको आधुनिक स्वरूपका रूपमा ग्यारेज चौतारी अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै अनुभव, ज्ञान तथा व्यावसायिक अवसरहरूबारे छलफल गर्ने वातावरण सिर्जना गरिएको छ।
अभियान अन्तर्गत मे महिनामा जनकपुरस्थित ओएम अटो पार्ट, बुटवलस्थित विजय अटो वर्कसप, टिकापुरस्थित सेती मोटरसाइकल वर्कसप, पोखरास्थित निहाल अटो इन्जिनियरिङ तथा थ्री ब्रदर्स अटो इन्जिनियरिङ वर्कसप र काठमाडौंस्थित प्रकाश न्यू जेनेरेसनमा ग्यारेज चौतारी कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यसैगरी जुन महिनामा पोखरा–८, नयाबजारस्थित क्रिस्टिना एस अटो पार्ट्स, नुवाकोटस्थित पञ्चकन्या स्पेयर पार्ट्स तथा काठमाडौंको पुतलीसडकस्थित पीएम अटो मोबाइल्स, पोखरा अमरसिंह चोकस्थित एड्भान्स अटो वर्कसपमा कार्यक्रम आयोजना गरिएको छ।
हालसम्म नेपालका विभिन्न स्थानहरूमा १० भन्दा बढी ग्यारेज चौतारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यक्रममार्फत ग्यारेज सञ्चालक तथा मेकानिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, प्राविधिक जानकारी आदान–प्रदान, व्यावसायिक अनुभव साझेदारी तथा सम्बन्ध विस्तारका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
लक्ष्मी ल्युब आयलले ग्यारेज चौतारीलाई केवल एक कार्यक्रम नभई देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ। कम्पनीले आगामी दिनमा नेपालका हरेक शहर, गाउँ तथा टोलसम्म ग्यारेज चौतारी पुर्याउने लक्ष्य लिएको छ। वर्षभर सञ्चालन हुने यस अभियानमार्फत नेपालको ग्यारेज समुदायसँग अझ नजिकिँदै चौतारीको आत्मीय संस्कृतिलाई आधुनिक अटोमोबाइल क्षेत्रमा जीवित राख्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।
लक्ष्मी ल्युब आयल प्रालि नेपालमा टोटलएनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक हो। विश्वस्तरीय लुब्रिकेन्ट तथा उत्कृष्ट सेवामार्फत अटोमोबाइल, औद्योगिक, कृषि तथा व्यावसायिक क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्यारेज चौतारी जस्ता समुदाय केन्द्रित अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी तथा मेकानिकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको छ।