आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बढ्यो सुनचाँदीको मूल्य

आइतबार, असार ७ २०८३
बढ्यो सुनचाँदीको मूल्य

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको छ। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

गएको शुक्रबार १० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको छ। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : आइतबार, असार ७ २०८३११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend