शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
images
चितवन राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
images
images

चितवन- कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो।

images
images
images

गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ। यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन्। निकुञ्जमा आव २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्या ९२ हजार २०९ मात्रै थियो। त्यस्तै आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए।

images
images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो आठ महिनामा विदेशी पाँच हजार ३९४ मध्ये दुई हजार ५४० महिला र दुई हजार ८५४ पुरुष थिए। तीमध्ये सार्क मुलुकका चार हजार ८६५ जना थिए। आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ।

images
images

चालु आवको आठ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र  गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उहाँले जानकारी दिए। पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन्।

गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका र एक हजार २४४ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताए। गत आवमा कोरोना सङ्क्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान नभएकाले सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो।

आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष पुगेका थिए। त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका थिए। पर्यटकले निकुञ्जमा हात्ती, जीप, डुङ्गा, पैदल सफारी गर्ने गर्दछन्। दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछालगायत अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। रासस


प्रकाशित : बिहीबार , चैत १७ २०७८०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend