बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गौतम बुद्ध विमानस्थल : भारतको विरोधपछि भूउपग्रहमा आधारित उडान कार्यविधि

आइतबार, असोज ३ २०७८
गौतम बुद्ध विमानस्थल : भारतको विरोधपछि भूउपग्रहमा आधारित उडान कार्यविधि

भैरहवा हवाई प्रवेश विन्दुमा अड्चन थाप्दै आएको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा पनि असन्तुष्टि व्यक्त गरेको थियो। भारतीय पक्षको असन्तुष्टिपछि प्राधिकरणले भूउपग्रहमा आधारित उडान तथा अवतरण कार्यविधि तयार पारेको हो।

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले भूउपग्रहमा आधारित उडान तथा अवतरण कार्यविधि बनाएको छ। प्राधिकरणले पीबीएन (पर्फमेन्स बेस्ड नेभिगेसन) मा आधारित उडान तथा अवतरण कार्यविधि बनाएको हो।

नेपाल सरकारले तयार पारेको आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण) मा भारतीय पक्षले असन्तुष्टि जनाएको थियो। भारतीय पक्षले असन्तुष्टि जनाउँदै आफ्नै भूभागमा पर्ने गरी उडान कार्यविधि बनाउन नेपाललाई सुझाव दिएको थियो। पीबीएनमा आधारित उडान तथा अवतरण कार्यविधि बनाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले जानकारी दिए। 

भैरहवा हवाई प्रवेश विन्दुमा अड्चन थाप्दै आएको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा पनि असन्तुष्टि व्यक्त गरेको थियो।भारतीय पक्षको असन्तुष्टिपछि प्राधिकरणले भूउपग्रहमा आधारित उडान तथा अवतरण कार्यविधि तयार पारेको हो।

नेपालको आइएफआर प्रोसिड्युरमा भारतीय एयर स्पेस (आकाश) परेको भन्दै भारतीय पक्षले त्यसलाई संसोधन गरेर आफ्नै भूभाग मात्रै पर्ने गरी काम गर्न सुझाएको थियो। भारतीय पक्षले क्रस बोर्डर उडानको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास विपरीत अवरोध गरेपछि प्राधिकरणले नयाँ तवरबाट कार्यविधि बनाएको हो।

नयाँ कार्यविधि विमानस्थलमा क्यालिब्रेसन उडानसहित सार्वजनिक हुने प्राधिकरणले जनाएको छ। यसअघि प्राधिकरणले बनाएको आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको थियो।

भारतीय पक्षले भने नेपालले प्रयोग गर्न खोजेको आकाशीय क्षेत्रमा  भारतीय सेनाको बेस क्याम्प रहेकाले हवाई मुभमेन्ट गर्न नमिल्ने तर्क गर्दै आएको छ। भैरहवा विमानस्थलमा भारतीय पक्षले विभिन्न बबाहनामा एक पछि अर्को अड्चन थाप्दै आएकोछ।

कहिले नामको विषयमा त कहिले हवाई रुट र आइएफआर प्रोसिड्युरमा। अहिले  विमानस्थल निर्माणको काम लगभग सकिसकेको छ। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नहुँदा विमानस्थलको क्यालिबे्रसन उडान रोकिएको छ। क्यालिब्रसेन उडान रोकिँदा विमानस्थलको परीक्षण उडान पनि २०२१ भित्रै नहुने भएको छ।


प्रकाशित : आइतबार, असोज ३ २०७८०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend