बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप, खुला प्रतिस्पर्धा रोकेर उपसचिवलाई सीईओको जिम्मेवारी 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप, खुला प्रतिस्पर्धा रोकेर उपसचिवलाई सीईओको जिम्मेवारी 

ओझा केही महिनाअघि अर्थ मन्त्रालय प्रवेश गरेका थिए।

काठमाडौं- सरकारले अर्थ मन्त्रालयका उपसचिव ज्ञानेन्द्र ओझालाई राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाएको छ। लेखा समूहका उपसचिव ओझा केही समय अघि मात्रै अर्थ मन्त्रालय प्रवेश गरेका थिए।  

अघिल्लो सरकारले अर्थ मन्त्रालयका उपसचिव डा डिल्ली अर्याललाई बिमा कम्पनीमा सिइओ पठाएको थियो। हालको सरकारले अर्याललाई फिर्ता बोलाएर ओझालाई पठाउने निर्णय गरेको हो। 

ओझा केही महिनाअघि अर्थ मन्त्रालय प्रवेश गरेका थिए।

सरकारको बहुमत स्वामित्व भएको सार्वजनिक संस्थानलाई चुस्त रूपमा चल्न नदिन अर्थ मन्त्रालयबाट निरन्तर हस्तक्षेप भइरहेको छ। त्यसकै एउटा उदाहरणका रूपमा अहिले बिमा कम्पनीमा सिइओ पठाइएको छ।

सार्वजनिक संस्थान त्यसमा पनि व्यापारिक र प्रतिस्पर्धा गर्नुपर्ने प्रकृतिको कम्पनीमा प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने भएपनि सरकारले भने सिधै निजामती कर्मचारीलाई पठाउँदै आएको छ। 

मन्त्रालयले उपसचिव ओझालाई मन्त्रालयको जिम्मेवारीमा पनि रहने र बीमा कम्पनीमा पनि हेर्नेगरि जिम्मेवारी दिइएको हो। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend