बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

दीपक भट्टको घरमा भेटिएको जगदम्बा मोटर्सको नाममा रहेको ६ करोड ३० लाखको गाडी सरकारले के गर्छ?

बिहीबार , असार ४ २०८३
दीपक भट्टको घरमा भेटिएको जगदम्बा मोटर्सको नाममा रहेको ६ करोड ३० लाखको गाडी सरकारले के गर्छ?

अदालतले प्रचलित कानूनबमोजिम उक्त गाडी व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइदिन आदेश गरेको छ।

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अहिलेसम्मकै सबैभन्दा धेरै रकम बिगो मागदाबी गर्दै दायर गरेको मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। 

अदालतले भट्टको घरबाट नियन्त्रणका लिएको जगदम्बा मोटर्सको नाममा रहेको ल्याण्ड रोभर रेन्ज रोभर बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको कारको विषयमा समेत आदेश दिएको छ। अदालतले प्रचलित कानूनबमोजिम उक्त गाडी व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइदिन आदेश गरेको हो।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका सूचना अधिकारी गणेशदत्त ओझाका अनुसार विभागमा गाडी आइपुगेपछि पहिले त्यसको अवस्थाबारे अध्ययन गरिने छ। अध्ययनपछि मुद्दाको छिनोफानो नलाग्दासम्म गाडी राख्दा त्यसमा प्रत्यक्ष र आर्थिकरूपमा असर पर्ने अवस्था देखिएका तत्काल नै लिलामी गरिने र केही फरक नपर्ने अवस्था रहेका गाडीलाई सुरक्षित राखिने ओझाले जानकारी दिए।

गाडी राख्दा मूल्यदेखि प्राविधिकरूपमा असर पर्ने भएमा भने लिलानी गरिने र त्यसबाट आएको रकम सरकारले खातामा नै राख्ने उनले बताए। मुद्दा छिनोफानो भएपछि प्रतिवादीले मुद्दा जितेमा रकम फिर्ता पाउने र मुद्दा हारेमा रकम सरकारको हुने ओझाले बताए।

भट्टलाई अनुसन्धानका क्रममा विभागले हिरासतमा राखेका बेला बिजनेस न्युजले उक्त ल्यान्ड रोभर रेन्ज रोभर कार जगदम्बा मोटर्सको नाममा रहेको तथ्यसहित समाचार प्रकाशित गरेको थियो। भट्टको घरमा भेटिएको ल्यान्ड रोभर रेन्ज रोभर ब्रान्डको एसयूभी गाडीको मूल्य ६ करोड ३० लाख रुपैयाँ रहेको पाइएको थियो।

वीरगञ्जबाट २०८२ असार २५ गते आयात भएको ल्यान्ड रोभर रेन्ज रोभर प्लगइन हाइब्रिड कार काइरोस इन्टरनेसनल काठमाडौंले आयात गरेको हो। असार ३१ गते यातायात व्यवस्था कार्यालयमा दर्ता भएको उक्त कार ३२ गते नै काइरोस इन्टरनेसनल काठमाडौंको नाममा सुरु दर्ता भएको थियो। 

प्राइम कमर्सियल बेंकले कर्जा प्रवाह गरेर काइरोस इन्टरनेसनलकै नाममा २०८२ पुस ४ मा रेन्ज रोभर कार नामसारी भएको देखिन्छ। सोही कार पुनः अरेत इन्टरनेसनल प्रालिको नाममा समेत आएको दर्ता किताबमा उल्लेख छ।

अन्तिममा २०८२ माघ १३ गते रेन्ज रोभर प्लग इन हाइब्रिड कार जगदम्बा मोटर्स प्रालिका नाममा नामसारी भएको दर्ता किताबको विवरणमा छ। सो कार २९ सय ९६ सीसी इन्जिन क्षमता भएको प्लग इन हाइब्रिड गाडी हो।

सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका दीपक भट्टको घरमा भेटिएको हरियो रेन्ज रोभर ‘जगदम्बा मोटर्स’को सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका दीपक भट्टको घरमा भेटिएको हरियो रेन्ज रोभर ‘जगदम्बा मोटर्स’को

दीपक भट्टको घरमा भेटिकएको जगदम्बा मोटर्सको नाममा रहेको रेन्ज रोभरको मूल्य ६ करोड ३० लाख दीपक भट्टको घरमा भेटिएको जगदम्बा मोटर्सको नाममा रहेको रेन्ज रोभरको मूल्य ६ करोड ३० लाख


प्रकाशित : बिहीबार , असार ४ २०८३१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend