बिहीबार , जेठ ३ गते २०८१    
images
images

नेपालमा परीक्षण हुँदैछ सडक निर्माणमा चिनियाँ प्रविधि

पिच र ढलानभन्दा के फरक?

images
बिहीबार , चैत १७ २०७८
images
images
नेपालमा परीक्षण हुँदैछ सडक निर्माणमा चिनियाँ प्रविधि

यो पनि कंक्रिड रोड जस्तै हो तर यसमा रडको प्रयोग नहुने र सडक बनाएलगत्तै सवारी गुडाउन मिल्छ। 

images
images

काठमाडौं- सडक निर्माणमा विभिन्न प्रविधिको प्रयोग भइरहेको छ। सडक पक्की बनाउन पिच गर्ने, कंक्रिट सडक, आसपाल्टलगायत विधिबाट नेपालमा सडक निर्माण हुँदै आएको छ। तर यसैमा अर्को एउटा चिनियाँ प्रविधिसमेत थपिएको छ। जसको परीक्षण डुम्रे-बेँसीसहर-चामे सडकमा भइरहेको छ। 

images
images
images

यो सडकमा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरेर ४ सय मिटर सडक बनाइएको छ। गएको जेठ र असारमा भत्किएको बेँसीसहर-चामे सडक मर्मत भइरहेको छ। यही क्रममा नयाँ प्रविधिको प्रयोग गरिएको डुम्रे-बेँसीसहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले जनाकारी दिए। 

images

‘सडक विभागसँगको समन्वयमा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माणको काम गरिएको हो। पहिलो चरणमा परीक्षणको रुपमा ४ सय मिटर सडक बनाइएको छ,’ उनले बिजनेस न्युजसँग भने, ‘यो प्रविधिको परीक्षण सफल भएमा नीतिगत रुपमा सडक विभागले यसलाई स्वीकार गरि अन्यत्र पनि कार्यान्वयन गर्ने योजना छ।’ 

images
images

मनाङमा यसअघि पनि हाइड्रो पावर परियोजनाका लागि बनाइएको सडकमा चिनियाँ पक्षले यो प्रविधि प्रयोग गरी सडक निर्माण गरेको थियो। यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट सडक निर्माणमा सो प्रविधि प्रयोग गरिएको आयोजनाले जनाएको छ। 

images
images

के हो चिनियाँ प्रविधि?

यो प्रविधिलाई सिमेन्ट स्ट्याबलाइज ग्रावेल रोड भनिन्छ। यो पनि कंक्रिड रोड जस्तै हो तर यसमा रडको प्रयोग नहुने र सडक बनाएलगत्तै सवारी गुडाउन मिल्छ। 

सडकमा भएको माटोलाई लेवल मिलाइन्छ वा आवश्यकता अनुसार अन्त्रबाट ल्याएर सम्म बनाएर सिमेन्ट, गिट्टीलगायत आवश्यक तत्व मिक्स गरेर त्यसलाई घोलिन्छ। पानी न्यून राखेर सुखा बनाएर सडकमा बिच्छ्याएर कम्प्याक्टरले पेलिन्छ। यो प्रविधिमा रडको प्रयोग गरिँदैन। कम्प्याक्टरले पेलेको केही समयमै सवारीसाधन सो सडकमा गुडाउन सकिने आयोजना प्रमुख पन्तले बताए। 

अहिले आयोजनाले ट्रायलको रुपमा सो सडक निर्माण गरेको र कति समय टिक्छ त्यो हेरेर यसबारे सडक विभागलाई प्रतिवेदन सहित ब्रिफिङ गर्ने उनको भनाइ छ। ‘अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने वातावरण बन्न सक्छ,’ उनले भने। 

३/४ वर्षअघि चिनियाँ पक्षले बनाएको सडकमा हालसम्म कुनै समस्या नआएकाले यो प्रविधि सडक निर्माणमा विकल्प हुन सक्ने आयोजनाले जनाएको छ। यो विधिबाट गरिने सडक निर्माणमा मिक्स गरिएको कंक्रिट २० सेन्टिमिटर हुने गरि कम्प्याक्टरले पेलिन्छ। 

परीक्षणका रुपमा ४ सय मिटर सडक निर्माण गरिएकाले अबको केही पहिनापछि त्यो सडकको अध्ययन गरेर आयोजनाले विस्तृत रुपमा सडक विभागलाई ब्रिफिङ गर्ने आयोजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए। त्यसपछि नेपालको बाटोका लागि उपयुक्त देखिएमा विभागले मन्त्रालयबाट नीतिगत रुपमा स्वीकृत गराइ यही प्रविधिबाट सडक निर्माण गर्न टेन्डर समेत गर्ने उनको भनाइ छ। 

यो विधिबाट सडक निर्माण गर्दा पिच र अहिले निर्माण गरिँदै आएको कंक्रिट सडकभन्दा निर्माण तुलनात्मक रुपमा सस्तो हुने दाबी आयोजनाको छ। यो चिनियाँ प्रविधि चट्टाने भूभाग र हाइ ग्रेड भएको बाटोका लागि बढी उपयोगी हुने देखिएको आयोजना प्रमुख पन्तको भनाइ छ। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend