बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लगातार घटिरहेको टेलिकमको सेयर मूल्य बढ्न थाल्यो, कतिसम्म पुग्ला?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
लगातार घटिरहेको टेलिकमको सेयर मूल्य बढ्न थाल्यो, कतिसम्म पुग्ला?

काठमाडौं- लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य बढ्न थालेको छ। लाभांश घोषणा भएपछि लगातार घटेको सेयर मूल्य बुधबार एकै दिन प्रतिकित्ता ५६.७० रुपैयाँले बढेर ११८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

लाभांश घोषणा गरेको पहिलो दिननै ८८ रुपैयाँले घटेर थियो। लगातार एक साता घटेको सेयर मूल्य लाभांश प्रयोजनका लागि समायोजन पनि पुनः बढ्न थालेको हो।  

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको थियो। लाभांश घोषणाले बढ्नुपर्ने सेयर बजार लगातार उच्च अंकबाट झन्डै ६०० रुपैयाँ घटेको थियो। 

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। 

ntc 11.PNG


कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोप समेत विज्ञहरुले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। अब पुन: बढ्न थालेपछि सेयर मूल्य कतिसम्म पुग्ला भन्ने अनुमानसमेत हुन थालेको छ। १७९९ सम्म नपुगेको पनि केही सय रुपैयाँ भने बढ्ने अनुमान गरिएको छ। 

ठूलो कम्पनी भएकोले चुक्ता पुँजी बढ्दै जाँदा सेयर मूल्य तल झरेर बस्ने अनुमानमा लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन्। सबै कम्पनीको हकमा त्यस्तो लागु नभए पनि लगानीकर्ता त्रासमा हुँदा सेयरमूल्य घटेको हो। 

कम्पनीको बजार पुँजीकरण २ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। गत एक साताअगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो। एक सातामै कम्पनीको बजार पुँजीकरण ४५ अर्बले घटेको छ। 

टेलिकमको चालु आवको दोस्रो त्रैमासमा कुल आम्दानी ८‍.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ। गत वर्षको तुलनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलो पटक सेयर लाभांश घोषणा गरेको हो। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०१:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend