आइतबार, वैशाख ३० गते २०८१    
images
images

विश्व बैंकले किन रोक्यो डुइङ बिजनेस प्रतिवेदन?

images
बिजनेस न्युज
images
images
विश्व बैंकले किन रोक्यो डुइङ बिजनेस प्रतिवेदन?

तोकिएको विधि विपरीत हुनेगरी डेटा राखिएको पाइएपछि तत्काल रिपोर्ट स्थगन गरी बैंकले गत वर्ष अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो।

images
images

काठमाडौं- विश्व बैंकले डुइङ बिजनेस प्रतिवदेन स्थगित गर्ने भएको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै यही वर्षदेखि उक्त प्रतिवेदन प्रकाशन स्थगित गरिएको बताएको छ। 

images
images
images

तथ्यांकीय अनियमितता गरेर प्रतिवेदन प्रकाशन गरेको पाइएपछि अनुसन्धानमै प्रश्न उठेको थियो। सन् २०१८ र २०२० को प्रतिवेदनमा तथ्यांकमा तोडमोड गरेको आरोप लागेपछि बैंकले उक्त प्रतिवेदन हाललाई स्थगित गर्ने निर्णय गरेको हो। 

images

'बैंकका लागि कुनै पनि अनुसन्धानको विश्वसनीयता एकदमै महत्वपूर्ण हो। नीति निर्माणदेखि जीवनस्तर सुधारका लागि हाम्रा अनुसन्धानले सही नीति निर्माण बहसको वातावरण सिर्जना गर्छन् भन्नेमा हामी विश्वस्त छौं। केही यस्ता अनुसन्धान अझै पनि छन्' विज्ञप्तिमा उल्लेख गरिएको छ' सन् २०१९ र २०२० को प्रतिवेदनमा तथ्यांकीय अनियमितताको बारेमा सन् २०२० को जुनमा आन्तरिक रिपोर्ट भएको थियो। उक्त प्रतिवेदनको समीक्षा र अडिट गर्नका लागि अर्को प्रतिवेदन रोक्न व्यवस्थापनले निर्णय गरिसकेको छ।'

images

प्रतिवेदन प्रकाशन तथा तयारीमा संलग्न बैंक व्यवस्थापनकै कर्मचारी, बोर्ड डाइरेक्टर मुछिएको र यसले नैतिक प्रश्न उब्जाएकाले प्रतिवेदन स्थगन निर्णय गरिएको बैंकले जानकारी दिएको छ। बैंकले त्यतिबेला गठन गरेकै अनुसन्धान समितिको निष्कर्ष पनि प्रकाशित गरेको छ। 

images
images

तोकिएको विधि विपरीत हुनेगरि डेटा राखिएको पाइएपछि तत्काल रिपोर्ट स्थगन गरी बैंकले गत वर्ष अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो।

गएको १७ वर्षदेखि प्रकाशित हुँदै आएको यो रिपोर्टमा कुनै पनि सदस्य राष्ट्रहरूमा व्यापार गर्ने वातावरणको मूल्यांकन हुँदै आएको छ। सरकारी नियमन तथा कर प्रणाली लगायतका विषयमा हुने सहजताका आधारमा अङ्क दिएर र्‍याकिङ गरिंदै आएको थियो।

२०१९ को रिपोर्टमा नेपालले पनि असन्तुष्टि जनाएको थियो। २०२० को रिपोर्टमा नेपालले व्यापक सुधार गरेको थियो। 


बैंकले प्रकाशित गर्दै आएको प्रतिवेदन प्रकाशन गर्दा व्यापक तथ्यांकीय अनियमितता भएको छानविन समितिले निष्कर्ष निकालेको छ। 

गत वर्ष बैंकले गठन गरेको समितिले सन् २०१८ को प्रतिवेदनमा चीनको र्‍यांकिङमा अस्भाविक सुधार गराइएको र २०२० को प्रतिवेदनमा साउदी अरेबिया, सयुक्त अरब इमिरेट्स र अजैरबैजाको र्‍याकिङमा चलखेल गरेको पाइएको छ। 

बैंकका अध्यक्ष तथा सिइओको प्रत्यक्ष संलग्नता तथा दबाबमा सन् २०१८ को रिपोर्टमा चीनको स्थान सुरक्षित गरिएको थियो। अनुसन्धानअनुसार रिपोर्ट प्रकाशनमा जानुअघि हस्तक्षेप गरी तथ्यांकीय विधिमा चलखेल गरिएको थियो। विश्वबैंकका अध्यक्ष तथा सिइओको दबाब प्रभावमै यस्तो काम भएको थियो। 

'सन् २०१७ को तुलनामा स्थान खस्किएर चीनको स्थान ८५ मा पुगेको थियो। तर यो कुरा डुइङ बिजनेस रिपोर्ट टिमले सिइओ तथा अध्यक्षलाई रिपोर्ट गरे। तर त्यस लगत्तै चीनको स्थान सुधार गर्नका लागि विभिन्न उपायाहरु माथिल्लो तहबाटै खोजियो', छानविन समितिको संक्षिप्त रिपोर्टमा उल्लेख गरिएको छ' अस्भाविक विधिको  सुझाव दिइयो। प्रतिवेदन अनुसन्धान समूहलाई दबाब दिइयो। यहाँसम्म कि हङकङ, ताइवान  र मकाउको डेटा हालेर चीनको सुधार गर्ख खोजियो। त्यो पनि नभएपछि चीनकै बेइजिङ र सांघाइको तथ्यांकलाई हाइलाइट गरियो।यसपछि बल्ल चीनको स्थान सन् २०१७ कै अवस्थामा रहन सफल भयो।' 

तथ्यांकीय अनियमितताको यो चक्रमा बैंकको अध्यक्ष तथा प्रशासकहरुको संलग्नता देखिएको छानविनबाट देखिएको छ। 

त्यस्तै सन् २०२० को प्रतिवेदनमा साउदी अरब, युएई र अजैरबैजानको तथ्यांक र तथ्यांकीय गणना विधिमा व्यापक तोडमोड गरेको पाइएको छ। यसमा पनि बैंक व्यवस्थापनको माथिल्लो तहबाट हस्तक्षेप भएको थियो। 

समितिले व्यवस्थापनमा बसेका मान्छेहरुको व्यक्तिगत स्वार्थ पनि देखिएको बताएको छ। यो छानविन गर्ने समितिले अहिलेकै संरचनामा रहेर प्रतिवेदन प्रकाशन नगर्न सुझाव दिएको छ। तथ्यांक गणना तथा विश्लेषणको स्पष्ट र ठोस विधि, अनुसन्धन समूहलाई स्वायत्तता दिने लगायतका संरचनागत परिवर्तन नगरी प्रकाशन नगर्न सुझाव दिइएको छ। 

 

 

images

प्रकाशित : आइतबार, असोज ३ २०७८०३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend