शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

३ दिनमा ८६ अंकले घटेको सेयर बजार चौथो दिन ४०.६८ अंकले बढ्यो, खरिद बिक्रीमा देखिएन आकर्षण

images
बुधबार, चैत १६ २०७८
images
३ दिनमा ८६ अंकले घटेको सेयर बजार चौथो दिन ४०.६८ अंकले बढ्यो, खरिद बिक्रीमा  देखिएन आकर्षण

तर यो साताको सुरुदेखि नै बजारमा बिक्रेताको चाप धेरै देखिन्थ्यो जसले गर्दा प्यानिक सेलिङ मात्र नभएर, खरिददारहरू पनि उत्तिकै सक्रिय देखिएका छन्। 

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबारदेखि निरन्तर घटेको सेयर बजार बुधबार भने ४०.६८ अंकले बढेको छ।  कारोबार रकममा भने अझै सुधार देखिएको छैन।

images
images
images

बुधबार ४०.६८ अंकले बढेर बजार २५६८.२५ अंकमा रोकिएको छ।

images
images

यो सँगै ३ दिनसम्म लगातर घटेको बजारमा ब्रेक लागेको हो। बजार बढे पनि लगानीकर्ताले सेयर खरिद बिक्रीमा कुनै चासो देखाएका छैनन्। बुधबार २ अर्ब २५ करोडको मात्रै कारोबार भएको छ। यस अघि साताको पहिलो दिन आइतबार आइतबार ४१.४३ अंकले घटेको बजार २५७२.२३ बिन्दुमा झरेको थियो। सोमबार २९.९८ अंकले घटेर परिसूचक २५४२.२८ बिन्दुमा झरेको थियो।

images
images

यसैगरी मंगलबार पनि बजार  १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा झरेको थियो। मंगलबार कारोबार रकममा ठूलो गिरावट आएको थियो। १ अर्ब ७५ करोड रूपैयाँको मात्र कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि केही बढेको छ।

विगतमा दैनिक १० अर्ब कारोबार सामान्य जस्तै भएको थियो। कुनै समय दैनिक २२ अर्बसम्मको कारोबार पुगेको थियो। अहिले मुस्किलले २ अर्ब वरपर बजार घुमिरहेको छ।

बैंकहरूमा तरलताको समाधान चैतमा समेत हुन सकेको छैन। एक सातामा २ अर्ब मात्रै निक्षेप थपिएको छ। गत साता ५ अर्ब निक्षेप घटे पनि यो साता भने २ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। यता यो साता ऋण प्रवाह पनि २ अर्ब रुपैयाँ नै भएको छ। नेपाल बैंकर्स संघका अनुसार ऋण प्रवाह र निक्षेप यो साता बराबर भएको हो।

चैतको दोस्रो सातासम्म पनि तरलता संकट सुधारोन्मुख हुन सकेको छैन। साउनयता नै तरलता संकट जारी रहेको छ। फागुनमा केही बढेको निक्षेप चैतमा बढ्ने अपेक्षा गरिएको थियो। तर दोस्रो सातासम्म पनि निक्षेपमा खासै सुधार आएको छैन। जसको असर सेयर बजारमा लगातार देखिएको छ।

चुनाव नजिकिँदै गए पनि बैकिङ तरलताको समाधान नहुनु तथा सरकारले गर्ने पुँजीगत खर्च कम हुनुलगायत कारणको असर सेयर बजारमा देखिँदै आएको छ। रेमिट्यान्स घट्दै जानुका साथै महँगी बढ्दा लगानी गर्ने रकम नै अन्यत्र जान थालेको छ। जसका कारण पनि सेयर बजार सकारात्मक हुन नसकेको विश्लेषण भइरहेको छ।

बैंकमा देखिएको तरलताको संकट नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो। चुनावी माहोलले रकम रुपान्तरण हुने चर्चा पनि उत्तिकै चलेको थियो। करिब १० दिन लगानीकर्ताहरू २६ सयकै बिन्दुबाट टेको लगाउन सकिरहेका थिए।

तर यो साताको सुरुदेखि नै बजारमा बिक्रेताको चाप धेरै देखिन्थ्यो जसले गर्दा प्यानिक सेलिङ मात्र नभएर, खरिददारहरू पनि उत्तिकै सक्रिय देखिएका छन्। 

विश्लेषकहरूले आवश्यकताभन्दा बढी छिटो समयमै बजार ३२ सयसम्मको हाइब्रेक बनाउन पुग्नुले नै अहिलेको अवस्था आउनु भएको बताइरहेका छन्। यतिबेला नेप्से २८ सयसम्मको अवस्थामा रहेको भएर बजार विस्तारै मुभ हुन सक्ने अनुमान समेत गरिएको छ। बजार अझै २५ सय बिन्दुबाट तल ओर्लिएर मात्रै टेको लाग्ने देखिन्छ।


प्रकाशित : बुधबार, चैत १६ २०७८०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend