बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आकर्षक लघुवित्त उपकारले २ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
आकर्षक लघुवित्त उपकारले २ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं-नेपाल धितोपत्र बोर्डबाट केही दिनअघि सेयर जारी गर्न अनुमति पाएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते शुक्रबारदेखि सर्वसाधारणका लागि (आईपीओ) जारी गर्ने भएको छ। 

लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। 

कुल निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

जारी सेयर चैत २९ गते मंगलबारसम्म निष्काशन खुला हुनेछ।आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 


प्रकाशित : बुधबार, चैत १६ २०७८०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend