बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बलेफी हाइड्रोपावरको १८ लाख कित्ता आईपीओ बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
बलेफी हाइड्रोपावरको १८ लाख कित्ता आईपीओ बिक्री खुला

काठमाडौं-बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले बुधबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। हाइड्रोले  १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले अवेदन दिन सक्नेछन् ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले चैत १६ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

 


प्रकाशित : बुधबार, चैत १६ २०७८०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend