शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

३ क्यासिनो बन्द गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
images
३ क्यासिनो बन्द गरिँदै
images
images

काठमाडौं (चैत, १५)- पर्यटन विभागले लामो समयदेखि राज्यलाई तिर्नु पर्ने रोयल्टी रकम भुक्तानी नगर्ने तीनवटा क्यासिनो बन्द गर्ने तयारी गरेको छ।

images
images
images

विभागले र्‍याडिसन होटल सञ्चालन भएको क्यासिनो र्‍याड (ओरिउन्टल होटल्स लिमिटेड), ह्यापी आवर प्राली र रक इन्टरनेश्नलको नाममा सञ्चालन भएको क्यासिनो बन्द गर्ने निर्णय गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार सबै प्रक्रिया पूरा गरेर विभागले फाइल मन्त्रालयमा पठाइसकेको छ।

images
images

विभागले यसअघि नै होटल याक एण्ड यतीमा सञ्चालन भएको क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रिस्तरीय निर्णयको अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन। फेरि विभागले तीन वटा क्यासिनो बन्द गर्ने निर्णयका लागि फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फाइल पठाएको छ।

images
images

यसैगरी सांग्रली होटलमा र टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले राखेको बैंक ग्यारेन्टीबाट रकम समेत तानेर सरकारी खातामा ल्याउने प्रक्रिया विभागले अगाडि बढाएको छ। यो कम्पनीले केही महिना अगाडि बैंक ग्यारेन्टी देखाउँदै क्यासिनो सञ्चालन गर्दै आएको थियो। बैंक ग्यारेन्टी देखाएपनि रमक भुक्तानी नगरेपनि सरकारी राजस्व खातामा विभागले रकम तान्न लागेको हो। यो कम्पनीको बैंक ग्यारेन्टीबाट १४ करोड २० लाख रुपैयाँ सरकारी राजस्व खातामा रकम जम्मा गर्ने तयारी भएको हो।


प्रकाशित : मंगलबार, चैत १५ २०७८१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend