बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एससीटी र एनआईसीबीच सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
एससीटी र एनआईसीबीच सम्झौता 

सम्झौता अनुसार व्यापारव्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआईसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउनेछन्। 

काठमाडौं-  स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) एसीया बैंकबीच क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ। 

सम्झौतामा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसीया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार व्यापारव्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआईसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउनेछन्। 

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोबारको भुक्क्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो भएको सम्झौतापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रकाशित : मंगलबार, चैत १५ २०७८१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend