काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत आयोजनामा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्यम्पसका विद्यार्थीहरुको प्राविधिक सहयोग,जलविनायक सामुदायिक वन उपभोक्ता समूह, प्रगतिशील युवा समूहको संयुक्त सहकार्यमा भएको थियो।
विश्व वातावरण दिवस मनाउने र वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत मञ्जुश्री पार्क परिसरमा धुपीप्रजाति तथा फलफुलका विरुवाहरु रोपिएका छन्। जसले समुदायिक वन र मञ्जुश्री पार्कको सौन्दर्य र वातावरण संरक्षणमा योगदान पुर्याउने वर्डलिङ्ककम्युनिकेशन्स लिमिटेडकी सिएसआर डाईरेक्टर तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानलेविश्वास व्यक्त गरिन्।
सामुदायिक वन र समुदायको आवश्यकता पहिचानका आधारमा त्यस स्थलमा वृक्षारोपण गरिएको भण्डारी जालानलेथप प्रस्ट पारिन्। बिगत केही बर्ष देखि वृक्षारोपण र वातावरण संरक्षणमा देशका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा कामगदैआएका बताइन्।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, दिपक मर्हजनले यस्ता कार्यक्रमले वन संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, यो कार्यक्रम सामुदायिक वन र संस्थागत सामाजिकउत्तरदायित्वको सहकार्यको नमुना भएको उल्लेख गरे।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न आजकोकार्यक्रमले वातावरण संरक्षणमा सबै क्षेत्रकोसाझा प्रयास र सहकार्यको महत्वलाई उजागर गर्नुका साथै पृथ्वीको भविष्य, हाम्रो जिम्मेवारी लागि सामूहिक प्रतिबद्धताको सशक्त सन्देश प्रवाह गरेको छ।
वर्ल्डलिङ्ककोसामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।
