आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

गण्डकी प्रदेशमा ओमोडा जेइकोको उल्लेखनीय सफलताबीच नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २४ २०८३
गण्डकी प्रदेशमा ओमोडा जेइकोको उल्लेखनीय सफलताबीच नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिक

कार्यक्रममा गण्डकीका ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरिएको थियो। जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई प्रस्ट्याएको छ।

पोखरा- गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आईकार सवारी साधनहरूको आधिकारिक बिक्रेता एलाइट मोटर्स प्रालिले ब्रान्डको उल्लेखनीय सफलताको भव्य उत्सवका साथ पोखरामा नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिकरण गरेको छ।

कार्यक्रममा गण्डकीका ११ भन्दा बढी नयाँ ओमोडा ई फाइभ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरिएको थियो। जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई प्रस्ट्याएको छ।

यस कार्यक्रममा ग्राहकहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, अटोमोबाइल पारखीहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेइको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयूभी ई फाइभ प्रोको अनावरण गरिएको थियो।

पोखरामा प्रवेश गरेदेखि नै ओमोडा जेइकोले ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३ सय ५० भन्दा बढी ई फाइभ, १ सयभन्दा बढी जेइको जे सिक्स, ५० भन्दा बढी जेइको जे फाइभ, तथा ६० भन्दा बढी आईकार सवारी साधन ग्राहकहरूलाई हस्तान्तरण गरिसकिएको छ। जसले प्रिमियम तथा दिगो गतिशीलता समाधानप्रति बढ्दो आकर्षणलाई प्रतिबिम्बित गर्दछ।

यस उत्सवको अवसरमा ओमोडा जेइको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा तथा जेइको ग्राहकहरूका लागि वारेन्टी कभरेजलाई ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ। यसले ब्रान्डको दीर्घकालीन विश्वसनीयता, ग्राहक विश्वास तथा स्वामित्व सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको एलाइट मोटर्स प्रालिका अध्यक्ष गोपाल बरालले गण्डकी प्रदेशमा ओमोडा जेइकोको यात्रा अत्यन्तै उत्साहजनक र सफल रहेको बताए।

ग्राहकहरूले देखाएको विश्वास र मायाले हामीलाई अझ उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्न प्रेरित गरेको छ। नयाँ ओमोडा ई फाइभ प्रोको सार्वजनिकरण तथा विस्तारित वारेन्टी कार्यक्रमको घोषणा हाम्रो ग्राहकप्रतिको सम्मान र नेपालको विद्युतीय सवारीसाधन यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धताको प्रतीक भएको बरालले बताए। 

नयाँ ओमोडा ई फाइभ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्यूटन मिटर टर्क, १९१ मीमी ग्राउन्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडास सुरक्षा विशेषता, थप प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइन जस्ता विशेषताहरू समावेश छन्।

नयाँ ओमोडा २५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार तथा डुअल टोन भेरियन्टका लागि ५१  लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर नयाँ ई फाइभ प्रो प्रति ग्राहकहरूको उत्साहजनक बुकिङलाई मध्यनजर गर्दै कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक मूल्यस्वरूप ४९ लाख ९९  हजार रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ।


प्रकाशित : आइतबार, जेठ २४ २०८३११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend