शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
images
ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला
images
images

काठमाडौं (चैत, १५) - वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

images
images
images

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो। योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

images
images

लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन। यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिए।

images
images

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर विसं २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ। उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ।

त्यसैगरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित १०० वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ।  

ऐतिहासिक महत्व

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गरेका हुन्। तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो।

बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ। त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ।

गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि हाल यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, चैत १५ २०७८१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend