बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नाफामा उत्कृष्ट नबिल र ग्लोबल आईएमई बैंक, दोस्रो बजारमा कुनको सेयर किन्दा फाइदा?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
नाफामा उत्कृष्ट नबिल र ग्लोबल आईएमई बैंक, दोस्रो बजारमा कुनको सेयर किन्दा फाइदा?

काठमाडौं- वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई र नबिल बैंकको प्रतिस्पर्धा लोभलाग्दो छ। सोहीकारण दोस्रो बजारमा पनि दुवै बैंक आकर्षक मानिन्छन्।

सेयर मूल्यका हिसाबले नबिल बैंकको बढी भए पनि नाफा र भविष्यमा दिन सक्ने लाभांशका हिसाबले ग्लोबल बैंक पनि आकर्षक बन्दै गएको छ।

पछिल्लो समय समग्र नेप्से परिसूचक घट्दा दुवै बैंकको सेयर मूल्य घट्नु स्वभाविक हो। दोस्राे बजारमा लगानी गर्नेका लागि सस्ताेमै दुवै बैंककाे सेयर किन्ने अवसर आएकाे छ। 

नबिल बैंकको सेयर मूल्य सस्तो हुँदै

नबिल बैंकको सेयर मूल्य पछिल्लो समय घटिरहेको छ। सेयर लगानीकर्ताहरूका लागि नबिल बैंकको सेयर अन्य बैंकको तुलनामा सबैभन्दा राम्रो मानिँदै आएको छ। थोरै पैसा भए पनि सेयरमा राम्रो बुझेका लगानीकर्ताहरूले पहिलो बैंकको सेयर किन्दा विशेषगरी नबिल बैंकको सेयर किन्नमा बढी रुचि राख्ने गर्दछन्।

nabil bank.PNG

कम्पनीले राम्रो बोनस दिनसक्ने, हरेक वर्ष नाफामा गएको, सबैभन्दा बढी पुँजी भएको साथै वित्तीय क्षेत्रमा बढी लगानी बढाएका कारणले पनि नबिल बैंकमा लगानीकर्ताको आकर्षण अझ पछिल्लो समय उच्च रहेको छ।

नबिलले आर्थिक वर्ष २०७७/०७८ को मुनाफापछि ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। लाभांश पारित भएर मंगलबार नेप्सेमा बोनस सेयर सूचीकृत भइसकेको छ। सेयरधनीलाई बैंकले ३३ दशमलव ६ प्रतिशत सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

बैंकको मंगलबार प्रतिकित्ता ८ रुपैयाँ घटेर अन्तिम कारोबार १००९ रुपैयाँमा भएको थियो। ५३ हजार ३९५ कित्ता कारोबार भएको बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने लाभांभ दिने समयमा मूल्य समायोजन हुँदा ९८५ रुपैयाँमा भएको थियो। 

बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। जसका कारण पनि अझै आक्रामक रुपमा अघि बढ्ने देखिन्छ। लाभांश दिने क्षमता अझै बढाउँदै छ। 

ग्लोबल आईएमई : उत्कृष्ट सूचक सस्तो सेयर मूल्य 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंक समूह अन्तर्गत लगानीयोग्य बैंकको रुपमा स्थापित बैंकमा ग्लोबल आईएमई पनि एक हो। हाल कम्पनीको बजार पुँजीकरण ७४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ०४ प्रतिशत बढी हो। खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको देखिन्छ।

glonal bank.PNG

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३ दशमलव ६९ प्रतिशत बढेको देखिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३ दशमलव ५७ प्रतिशत बढेको छ। 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ। जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। ठूलो बैंक भए पनि सेयर मूल्य भने ३१४.९० रुपैयाँमा मंगलबार कारोबार भएको थियो। जसमा प्रतिकित्ता ०.१० रुपैयाँले घटेको थियो।

नाफा कमाउनेमा सबैभन्दा बढी रहेको बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ५१० रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम २७५ रुपैयाँमा कारोबार भएको थियो। बैंकले गत वर्षको नाफाबाट १३.५ प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो। जसमा १० प्रतिशत भने सेयर लाभांश दिएको थियो। 


प्रकाशित : बुधबार, चैत १६ २०७८०१:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend