बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गरिमा विकास बैंकले किन्यो केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर

मंगलबार, चैत १५ २०७८
गरिमा विकास बैंकले किन्यो केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ। 

योसँगै केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने भएको छ।

२०७८ असारमा  केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने समझदारीपत्र मा हस्ताक्षर भएको थियो।  

सोहीअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयल केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडबाट नाम परिर्वतन गरी परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरेको हो। 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। 


प्रकाशित : मंगलबार, चैत १५ २०७८११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend