शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २२ २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

गाजर (लोकल) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २२, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो (लाम्चो) प्रतिकिलो ३५, आलु रातो (गोलो) प्रतिकिलो ३२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ। 

यसैगरी गाजर (लोकल) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २२, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी बोडी (तने) प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ८०, मटर कोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो १३०, भटमास कोसा प्रतिकिलो १५०, तीते करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ८५, परवर (लोकल) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ५०, घिरौँला प्रतिकिलो ८०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो ४०, स्कुस प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ८०, पालुंगो प्रतिकिलो ९०, चमसुरको साग प्रतिकिलो ९०, मेथीको साग प्रतिकिलो ७०, तोरीको साग प्रतिकिलो ७०, हरियो प्याज प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकिलो ३२० र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ३५०, न्युरो प्रतिकेजी ९०, ब्रोकाउली प्रतिकिलो १४०, चुकन्दर प्रतिकेजी ६०, सजीवन प्रतिकेजी १२०, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १३०, पार्सले प्रतिकिलो २२०, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो १२०, गान्टेमूला प्रतिकिलो ६०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १४०, तोफु प्रतिकिलो १६० र गुन्द्क प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो २२०, अनार प्रतिकिलो ४२०, आँप (मालदह) प्रतिकिलो १२०, आँप (दशहरी) प्रतिकिलो १३०, तरबुजा (हरियो) प्रतिकिलो ४५, भुइँकटहर प्रतिकिलो २००, काँक्रो (लोकल) प्रतिकिलो ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८०, खकटहर प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो १६०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १०० र लिची (लोकल) २५०, लिची (भारतीय) ३००, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलो १८० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी अदुवा प्रतिकिलो १३०, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५०, माछे खुर्सानी प्रतिकिलो ७०, खुर्सानी (हरियो) अकबरे प्रतिकिलो ३५०, भेडेखुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो १९०, हरियो धनियाँ प्रतिकिलो १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रकाशित : शुक्रबार, जेठ २२ २०८३०९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend