बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफको ओरालो लागेको सेयर मूल्य, तीन वर्षयताकै सस्तो हुँदै

मंगलबार, चैत १५ २०७८
दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफको ओरालो लागेको सेयर मूल्य, तीन वर्षयताकै सस्तो हुँदै

काठमाडौं- दोस्रो बजारको ब्लुचिप कम्पनी 'नेपाल लाइफ इन्स्योरेन्स कम्पनी'को सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिँदैन।

जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ। बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन। तर सेयर मूल्य भने लगातार घटिरहेको छ।

कम्पनीको सेयर मूल्य यो साताको तेस्रो दिन मंगलबार पनि प्रतिकित्ता ३९ रुपैयाँले घटेर १०२४ रुपैयाँमा आइपुगेको छ। सेयर बजार १२०० अंकमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो।

त्यसयता लगातार घटिरहेको सेयर मूल्य मंगलबार १०२४ मा आइपुगेको छ। यसरी नै घट्दै जाने हो भने कम्पनीको सेयर मूल्य १२०० अंकमा हुदाँकै मूल्यमा आउने देखिएको छ। जुन सेयर मूल्य तीन वर्षयताकै सस्तो हुनेछ। पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि २२५९ रुपैयाँ थियो भने सस्तो मूल्य बुक क्लोज समायोजन हुँदा १०२० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्‍यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ। यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन जान्छ।

कम्पनीले गत माघमा लाभांश वितरण गर्दा सेयर मूल्य तीन हजार रुपैयाँसम्म पुग्यो। त्यसपछि सेयर मूल्य लगातार तल झर्ने क्रममा अहिले १६९० रुपैयाँ छ। कम्पनीले लाभांश वितरण गर्ने अन्योलताले गर्दा मूल्यमा खासै सुधार हुन सकेको छैन। 

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको जानकारी दिएको थियो। बीमा समितिको यो निर्णयअनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो।

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ। 


प्रकाशित : मंगलबार, चैत १५ २०७८११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend