शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व संकलन

बुधबार, जेठ २० २०८३
ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व संकलन

बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व दाखिला भएको छ।

काठमाडौं- बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ११९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने १४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : बुधबार, जेठ २० २०८३१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend