शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण, गोलभेँडा ६० देखि सिताके च्याउ १ हजार रुपैयाँसम्म

बुधबार, जेठ २० २०८३
कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण, गोलभेँडा ६० देखि सिताके च्याउ १ हजार रुपैयाँसम्म

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ३२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ कायम गरिएको छ।

यसैगरी गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो र भन्टा डल्लो दुवै प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी बोडी (तने) प्रतिकिलो १०० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी (लोकल तथा हाइब्रिड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) ११० रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, भटमास कोसा १५० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ८० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, चिचिण्डो ५५ रुपैयाँ, घिरौँला र झिगुनी दुवै ७० रुपैयाँ, फर्सी पाकेको ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) ५० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, पिँडालु ४० रुपैयाँ र स्कुस ८० रुपैयाँ कायम गरिएको छ।

रायो साग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ९० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ, हरियो प्याज १३० रुपैयाँ, च्याउ (कन्य) २५० रुपैयाँ, च्याउ (डल्ले) ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्युरो ८० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, सेलरी १३० रुपैयाँ, पार्सले २२० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १२० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, मकै हरियो ५० रुपैयाँ, इमली २०० रुपैयाँ, तामा १४० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) दर्जन २०० रुपैयाँ, केरा (मालभोग) २२० रुपैयाँ, कागती २१० रुपैयाँ, अनार ४२० रुपैयाँ, आँप (मालदह) १२० रुपैयाँ, आँप (दशहरी) १३० रुपैयाँ, तरबुजा (हरियो) ४५ रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, काँक्रो (लोकल) ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, काँक्रो (लोकल क्रस) ७० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नासपाती (चाइनिज) १६० रुपैयाँ, मेवा (नेपाली) ९० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लिची (लोकल) २५० रुपैयाँ र लिची (भारतीय) ३०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र नरिवल (हरियो) १८० रुपैयाँ तोकिएको छ।

अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो तथा बुलेट) ५० रुपैयाँ, माछे खुर्सानी ८० रुपैयाँ, भेडेखुर्सानी ८० रुपैयाँ, हरियो लसुन १८० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ र लसुन सुकेको (नेपाली) १८० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) ३४० रुपैयाँ, ताजा माछा (बचुवा) ३०० रुपैयाँ र ताजा माछा (छडी) २५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २० २०८३१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend