शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

ओजन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ।

काठमाडौं- सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ। समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौं) नियुक्त गरिएको जनाइएको छ।

सरकारले संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम (यूएनईपी)बाट ओजन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ।

बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१४:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend