शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

१० अर्ब रुपैयाँको 'विकास ऋणपत्र' बिक्री खुल्ला गर्दै सरकार, ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
१० अर्ब रुपैयाँको 'विकास ऋणपत्र' बिक्री खुल्ला गर्दै सरकार, ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने

काठमाडौं- नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको ११ वर्षे अवधिको 'विकास ऋणपत्र-२०९४' बिक्री खुल्ला गर्ने भएको छ।

काठमाडौं- नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको ११ वर्षे अवधिको 'विकास ऋणपत्र-२०९४' बिक्री खुल्ला गर्ने भएको छ। 

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  सूचना जारी गर्दै ज्येष्ठ २० गते बुधबार बोलकबोल मार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो। 

यो ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। यस विकास ऋणपत्र-२०९४ को कुल निष्कासन १० अर्ब रुपैयाँ रहेको छ। यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ। नेपाल स्टक एक्सचेन्जबाट यसको दोस्रो बजारमा कारोबार हुनेछ।

ऋणपत्रको साँवा भुक्तानी २०९४ ज्येष्ठ २१ गते हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। जसमा आयकर लाग्ने व्यवस्था छ। ऋणपत्र खरिद गर्न चाहनेहरूले २०८३ जेठ २० गते बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन्।

कुल निष्कासित रकममध्ये प्रतिस्पर्धी बोलदाताका लागि ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलदाताका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलदाताहरूका लागि छुट्याइएको रकममा पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धीहरूलाई बिक्री गरिनेछ भने बढी रकमको बोल प्राप्त हुन आएमा समानुपातिक रूपमा बाँडफाँड गरिनेछ।

बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट-अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही दरमा ऋणपत्र उपलब्ध गराइनेछ। 

ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा तोकिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend