शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रहरी कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
प्रहरी कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन

ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो।

काठमाडौं- पछिल्लो २४ घण्टामा राज्यकोषमा २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ।

ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो।

प्रकाशित : मंगलबार, जेठ १९ २०८३१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend