शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १८ २०८३
भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुला गरिएको छ। नाडाले हरेक वर्षझैँ यो वर्षपछि नाडा अटो शोको तयारी तीव्र पारेको छ।

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालद्वारा आगामी भदौ ९ देखि १४ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुला भएको छ।

सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औँ संस्करणक ‘नाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुला गरिएको छ। नाडाले हरेक वर्षझैँ यो वर्षपछि नाडा अटो शोको तयारी तीव्र पारेको छ।  

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ। 

यस प्रदर्शनीमा हजारौँ आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्तालगायतको सहभागिता रहने अपेक्षा नाडाले गरेको छ। 

स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न नाडाले अनेरोध गरेको छ। 


प्रकाशित : सोमबार, जेठ १८ २०८३११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend