काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने बताएका छन्।
अर्मन्त्री डा. वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट पेस गर्दा धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीकर लाभकर अन्तिम हुने बताएका थिए ।तर यो विषयमा प्रश्न उठेको र कन्फ्युजन भएको भन्दै आइतबार पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले १ वर्षमुनिको कारोबारमा १० प्रतिशत र १ वर्षभन्दा माथिको कारोबारमा ७.५ प्रतिशत नै पुँजीकर लाभकर अन्तिम हुने बताएका हुन्।
‘फाइनल गर्दिनुस्, हामी ५ प्रतिशत बिन्दु अतिरिक्त तिर्न तयार छौँ' भनेर लाइन लागेर म कहाँ डेलिगेसन आउने साथीहरू यही बाहिर सिंहदरबार बाहिर हुनुहुन्छ। 'फाइनल चाहिँ गर्दिनुस्, यो तरबार सधैँ हाम्रो माथि झुन्डि नरहोस्। बरु इन्डियामा १० र २० छ, सर्ट टर्म र लङ टर्मको सीजीटी हो। हामी कहाँ ५ लाई १० नै पुर्याइदिए नि हुन्छ, ७.५ लाई १२, १५ प्रतिशत नै पुर्याइदिए पनि हुन्छ। तर यो अनिश्चितता हटाइदिनुस् भनेपछि हामीले बडो उदारतापूर्वक ५ लाई जम्मा ७.५ ७ लाई जम्मा १० प्रतिशत गरेर फाइनल गरेका हौँ’ उनले भने।
अर्थमन्त्री वाग्लेका अनुसार ४० लाखको विषयमा कन्फ्युजन रहेको र अन्य ठाउँमा कन्सल्टिङ गर्दा एउटा फर्म भर्दा सेयरबाट आएको लाभ करकट्टी सबै फाइनल नै भएको भनेर उल्लेख गर्दा त्यो स्वतः देखिने भएकाले करमाथि कर लाग्ने कुनै गुन्जायस नभएको र कतै गल्ती भयो, मिस्टेक गरियो भने सच्याउन तयार रहेको उनले बताए।