शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

संसदमा उभिएर प्रधानमन्त्रीले भने - नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ

आइतबार, जेठ १७ २०८३
संसदमा उभिएर प्रधानमन्त्रीले भने - नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ

उनले दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको पनि बताए।

काठमाडौं- आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित भएर नेपालले पनि भारतको जग्गा  मिचेको बताएका छन्।

सांसदहरूले सीमा मिचिएको विषयमा प्रश्न गर्दा प्रधानमन्त्री शाहले भने, 'भारतले नेपालको मात्र होइन नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ' 

उनले दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको पनि बताए। 

‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ,’ प्रधानमन्त्री शाहले भने, ‘उहाँहरू ब्रिटिश इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’

प्रकाशित : आइतबार, जेठ १७ २०८३१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend