शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

महँगी नियन्त्रणका लागि सरकारले काम गर्नुपर्नेमा सांसदको जोड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १७ २०८३
महँगी नियन्त्रणका लागि सरकारले काम गर्नुपर्नेमा सांसदको जोड

सांसद युवराज शर्माले नागरिकले महँगीको चोट बेहोर्नुपरेको भन्दै महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांंसदहरूले महँगी नियन्त्रणका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन्। 

सांसद युवराज शर्माले नागरिकले महँगीको चोट बेहोर्नुपरेको भन्दै महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

सांसदहरूले पछिल्लो समय मधेश प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बैठकमा सांसद उर्मिला अर्यालले पछिल्लो समय मधेशमा खानेपानी समस्या बल्झँदै गइरहेको भन्दै उक्त समस्या समयमै सम्बोधन हुनुपर्नेमा जोड दिइन्।

यसैगरी, सांसद गोमादेवी तिमल्सेनाले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताइन्।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा विद्युत समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद नरबहादुर विष्टले सांसदहरूले राखेका मागको सरकारले जवाफ दिनुपर्ने बताए।

सांसद भुवनबहादुर सुनुवारले जातीय छुवाछूतको अपराध हट्न नसकेको स्मरण गराउँदै माइतीघरमा आन्दोलनरत दीपा नेपालीलगायत युवाहरूको माग पूरा गर्नुपर्नेमा जोड दिए।


प्रकाशित : आइतबार, जेठ १७ २०८३१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend