बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मन्जुश्री फाइनान्सले सेयरधनीलाई पठायो ४० प्रतिशत बोनस सेयर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १५ २०७८
मन्जुश्री फाइनान्सले सेयरधनीलाई पठायो ४० प्रतिशत बोनस सेयर

काठमाडौं-मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको खातामा आएको छ।  

कम्पनीले उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनस सेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो।

कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

 


प्रकाशित : मंगलबार, चैत १५ २०७८०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend