बुधबार, वैशाख ५ गते २०८१    
images
images
images
images

इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीय सवारी बनाउन बाटो खुल्यो 

images
images
इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीय सवारी बनाउन बाटो खुल्यो 
images

काठमाडौं- सरकारले इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न बाटो खोलिदिएको छ। चालु आर्थिक वर्षको बजेटमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा परिवर्तन गर्न सहजीकरण गर्ने उल्लेख भएअनुसार सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गरि यस्तो व्यवस्था गरेको हो। 

images
images
images

विद्यमान सवारी तथा याताया व्यवस्था ऐन २०४९ मा दर्ता भइ सञ्चालनमा रहेका सवारीसाधनको स्वरुप वा अन्य कुनै परिवर्तन गर्नुपरेमा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था थियो। यसरी स्वीकृति लिँदा दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत दस्तुर लिइने कानूनी व्यवस्था थियो। 

images

ऐनको सोही व्यवस्थाका कारण नेपालमा हालसम्म इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीयमा बदल्न सकिँदैन थियो। त्यसरी बदल्दा पनि शुल्क धेरै लाग्ने गरेको थियो। वातावरणसँग सम्बन्धित संघसंस्था तथा व्यवसायीहरूले ऐनको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै आएका थिए। सोहीअनुरुप सरकारले पुराना सवारीलाई विद्युतीयमा बदल्ने व्यवस्था गरिने कुरा बजेटमा समेत समेटेको थियो। 

images

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १७६ को विशेष अधिकार प्रयोग गरि सरकारले राजपत्रमा सूचना निकालेर उक्त छुट दिएको हो। दफा १७६ मा ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सवारीको सम्बन्धमा यस ऐनको कुनै व्यवस्था तोकिएको अवधिसम्म लागु नहुने गरि नेपाल सरकारले छुट दिन सक्नेछ’ भन्ने उल्लेख छ। 

images
images

सरकारले सोही दफाले दिएको विशेष अधिकार प्रयोग गरि दफा ३९ (१) मा रहेको ‘स्वीकृति नलिइ हेरफेर गर्न नहुनेः सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिइ सवारीको रंङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरि सवारीमा हेरफेर गर्न हुँदैन’ भन्ने व्यवस्थालाई ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरवदल गरिने सवारीसाधनको हकमा’ छुट दिने निर्णय गरेको हो। 

दफा ३९ (२) मा अधिकार प्राप्त अधिकारीले हेरफरका लागि आवश्यक जाँचबुझ गरि उपयुक्त देखेमा स्वीकृति दिनसक्ने व्यवस्था गरिएको छ। यस्तो स्वीकृति पछि अब भने इन्धनबाट चल्ने पुराना सवारी धनीले विद्युतीय सवारीमा बदल्न चाहेमा सहजै बदल्न सक्ने छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त सूचना राजपत्रमा प्रकाशित गरेको हो। यसले व्यावसायीहरूले उठाउँदै आएको कुरा सम्बोधन गरेको छ। इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीयमा बदल्न सकिए पनि त्यसले राम्रो पर्फमेन्स दिन सक्छ वा सक्दैन, यसबारे भने अध्ययन भइसकेको छैन। पुराना सवारी विद्युतीय सवारीको डिजाइनमा नबनेको हुँदा प्राविधिक रुपमा यसबारे ठोस अध्ययन भएको पाइँदैन। 

images

प्रकाशित : सोमबार, चैत १४ २०७८०२:४०

प्रतिक्रिया दिनुहोस