शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

१९ विद्युतीय सवारी सञ्चालनमा पर्यटन मन्त्रालयको ढिलासुस्ती

images
मंगलबार, चैत १५ २०७८
images
१९ विद्युतीय सवारी सञ्चालनमा पर्यटन मन्त्रालयको ढिलासुस्ती
images
images

काठमाडौं- लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरिएका १९ वटा विद्युतीय सवारी सञ्चालनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण बस चौरमै थन्किएको छ।

images
images
images

बीवाईडीमार्फत खरिद गरेको बस २०७७ माघको अन्त्यमा नेपाल आएको थियो। नेपाल आएको एक वर्षपछि विद्युतीय सवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको नाममा नामसरी भएको थियो। बस फागुन ८ गते मन्त्रालयको नाममा नामसरी भएको थियो।

images
images

मन्त्रालयको नाममा विद्युतीय सवारी नामसरी भएको एक महिनाभन्दा बढी समय भइसकेको छ। तर मन्त्रालयले विद्युतीय सवारी कोषमा नाममा हस्तान्तरण भएको छैन।

images
images

कोषका सदस्य सचिव सानुराज शाक्यका अनुसार बस मन्त्रालयको नाममा नामसरी भए पनि कोषको नाममा नामसरी नभएका कारण सञ्चालन मोडालिटीको विषयमा निर्णय हुने सकेको छैन। 

सरोकारावाला निकायसँगको छलफलमा भने विद्युतीय सवारी सञ्चालनसम्बन्धि कार्याविधि बनाउँदै निजी क्षेत्रलाई सञ्चालन गर्न दिने विषय उठेपनि नीतिगत निर्णय हुने नसकेको उनको भनाइ छ। 

५ वटा १९ सिट क्षमताका विद्युतीय बस र १४ वटा ५ सिट क्षमताका कार/भ्यान खरिद गरिएको थियो।

सञ्चालनको तयारी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग पनि विमानस्थलदेखि लुम्बिनीसँग स्टल बस सञ्चालनको लागि अनौपचारिक छलफल सुरु भएको शाक्यले बताए।

 


प्रकाशित : मंगलबार, चैत १५ २०७८०४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend