बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल लाइफको सेयर मूल्य घटेर एक वर्षयताकै सस्तो, चुक्ता पुँजीको दबाब नहुँदा पनि किन घट्यो?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
नेपाल लाइफको सेयर मूल्य घटेर एक वर्षयताकै सस्तो, चुक्ता पुँजीको दबाब नहुँदा पनि किन घट्यो?

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक वर्षयताकै सस्तो मूल्यमा ओर्लिएको छ। चुक्ता पुँजी बढाउने दबाब नरहेको कम्पनीको समेत सेयर मूल्यमा भारी गिरावट आएपछि ठूला खेलाडीले सस्तोमा ल्याउन चलखेल गरेको आंशका गरिएको छ।  

कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले घटेर १०६३ रुपैयाँमा आएकाे छ। जुन ५२ हप्तायताकै कम मूल्य हाे। 

लाभांशका लागि बुक क्लोज भइ मूल्य समायोजना भएर १०८५ रुपैयाँबाट कारोबार सुरु भएको थियो। एकवर्ष अगाडि अधिकतम २२५९ रुपैयाँमा कारोबार भएको थियो। तर समायोजन भएपछि पनि सेयर मूल्य लगातार घटेर एक वर्षयाताकै सस्तो मूल्यमा आएको हो। 

nlice new.PNG

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णयले नेपाल लाइफलाई भने कुनै पनि दबाब रहेको छैन। जसका कारण आगामी वर्ष पनि लाभांश दिन समस्या हुँदैन। 

समिति सञ्चालक समितिले कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो। जसमा जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको जानकारी दिएको थियो।

समितिको यो निर्णयअनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो।

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ। 


प्रकाशित : सोमबार, चैत १४ २०७८०९:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend