शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजार लगातार किन घटेको घट्यै, बियरिस ट्रेण्ड समातेको हो?

images
सोमबार, चैत १४ २०७८
images
सेयर बजार लगातार किन घटेको घट्यै, बियरिस ट्रेण्ड समातेको हो?
images
images

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा सोमबार पनि ठूलो गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको बजार सोमबार पनि २९.९८ अंकले घटेको छ। 

images
images
images

सोमबार २९.९८ अंकले घटेर परिसूचक २५४२.२८ बिन्दुमा झरेको छ। साताको पहिलो दिन आइतबार ४१.४३ अंकले घटेको बजार २५७२.२३ बिन्दुमा झरेको थियो। लगातार बजार घट्दै गएपछि बजार बियरिस ट्रेण्डतर्फ प्रवेश गरेको विश्लेषण भइरहेका छन्। 

images
images

सोमबार कारोबार रकममा समेत कमी देखिएको छ। ४९ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

बैंकहरूमा तरलताको समाधान चैतमा समेत हुन सकेको छैन। एक सातामा २ अर्ब मात्रै निक्षेप थपिएको छ। गत साता ५ अर्ब निक्षेप घटे पनि यो साता भने २ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। यता यो साता ऋण प्रवाह पनि २ अर्ब रुपैयाँ नै भएको छ। नेपाल बैंकर्स संघका अनुसार ऋण प्रवाह र निक्षेप यो साता बराबर भएको हो। 

चैतको दोस्रो सातासम्म पनि तरलता संकट सुधारोन्मुख हुन सकेको छैन। साउनयता नै तरलता संकट जारी रहेको छ। फागुनमा केही बढेको निक्षेप चैतमा बढ्ने अपेक्षा गरिएको थियो। तर दोस्रो सातासम्म पनि निक्षेपमा खासै सुधार आएको छैन। जसको असर सेयर बजारमा लगातार देखिएको छ।

चुनाव नजिकिँदै गए पनि बैकिङ तरलताको समाधान नहुनु तथा सरकारले गर्ने पुँजीगत खर्च कम हुनुलगायत कारणको असर सेयर बजारमा देखिँदै आएको छ। रेमिट्यान्स घट्दै जानुका साथै महँगी बढ्दा लगानी गर्ने रकम नै अन्यत्र जान थालेको छ। जसका कारण पनि सेयर बजार सकारात्मक हुन नसकेको विश्लेषण भइरहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा सेयर बजारमा गएको साता दुई दिन सकारात्मक प्रभाव देखिएको थियो। गएको साता सोमबार उतारचढावमा रहँदै अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा गएको मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको थियो। मंगलबार १६.०४ अंकको वृद्धि देखिएको बजारले त्यसपछि भने लय समात्न सकेको छैन। 

लगानीकर्तामा विश्वास थपिएको विश्लेषण भइरहँदा अहिलेको अवस्थाले लगानीकर्ता अझै विश्वस्त नभएको देखिएको छ। यो साता बजारको उतारचढावले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको विश्वास जित्नेगरी बजारमा सूचकहरू देखिएमा उकालो यात्रा समात्ने विश्लेषकहरू बताउँछन्। गएका केही सातायता देखिएको अवस्था भने अब ब्रेक हुने र बजारमा स्थिरता देखिँदै वृद्धितिर लाग्ने विश्लेषकहरूले बताइरहँदा अवस्था भने गिर्दो नै देखिएको छ। 


प्रकाशित : सोमबार, चैत १४ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend