शनिबार, साउन १२ गते २०८१    
images
images
images

साताको सेयर बजार : ३८ अर्बको कारोबार, ओरालोकै यात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
images
images
साताको सेयर बजार : ३८ अर्बको कारोबार, ओरालोकै यात्रा

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को बिन्दुमा झरेको छ। झन्डै तीन हजार ३०० को बिन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो। 

images

काठमाडौं- धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को बिन्दुमा झरेको छ। झन्डै तीन हजार ३०० को बिन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो। 

images
images

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता सेयर ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद-बिक्री भए। 

images

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ। आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो। तीन दिन नौ अर्बको कारोबार भए पनि दुई दिन पाँच अर्बमा सीमित भयो। 

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो। त्यस दिन नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुग्यो। कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता सेयर नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद-बिक्री भए।

images

कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको सेयर उकालो लागेको थियो। त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो। आइतबार विभिन्न नौ कम्पनीका सेयरमा सर्किट लाग्यो। 

Stock ashiwn.jpg

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो। त्यस दिन नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुग्यो। कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर उकालो लाग्दा छ उपसमूहको सेयर ओरालो लाग्यो। त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो। त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको सेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। 

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो। नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो। कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता सेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो। 

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको सेयरसमेत ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही २७ करोड तीन लाख ७० हजार ५२४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो। साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो। त्यस दिन नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ बिन्दुले घटेर ५३८.५० मा सीमित भयो। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भयो।  कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता सेयर पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए। 

बुधबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबर रहन पुग्यो। कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्न पुग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो। त्यस दिन नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेर दुई हजार ८१२.३८ मा ओर्लियो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा सीमित भयो। 

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर नौ अर्ब तीन करोड ३९ लाख ६२३ रुपैयाँमा कारोबार भयो। कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य ओरालो लागे। रासस


प्रकाशित : शनिबार, असोज २ २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend