बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

तरलतामा सुधार हुन सकेन, एक सातामा २ अर्ब निक्षेप थपिँदा २ अर्ब नै ऋण प्रवाह

सोमबार, चैत १४ २०७८
तरलतामा सुधार हुन सकेन, एक सातामा २ अर्ब निक्षेप थपिँदा २ अर्ब नै ऋण प्रवाह

काठमाडौं- बैंकहरूमा एक सातामा २ अर्ब मात्रै निक्षेप थपिएको छ। गत साता ५ अर्ब निक्षेप घटे पनि यो साता भने २ अर्ब रुपैयाँ निक्षेप थपिएको हो।

यता यो साता ऋण प्रवाह पनि २ अर्ब रुपैयाँ नै भएको छ। नेपाल बैंकर्स संघका अनुसार ऋण प्रवाह र निक्षेप यो साता बराबर भएको हो। 

वाणिज्य बैंकहरूमा गत चैत ४ गतेसम्म जम्मा निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ पुगेकोमा गत चैत ११ गतेसम्म बढेर ४३ खबै ३० अर्ब रुपैयाँ निक्षेप पुगेको हो।

यता ऋण प्रवाह भने ४१ खर्ब ६८ अर्बबाट बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

चैतको दोस्रो सातासम्म पनि तरलता संकट सुधारोन्मुख हुन सकेको छैन। साउनयता नै तरलता संकट जारी रहेको छ। फागुनमा केही बढेको निक्षेप चैतमा बढ्ने अपेक्षा गरिएको थियो। तर दोस्रो सातासम्म पनि निक्षेपमा खासै सुधार आएको छैन।  


प्रकाशित : सोमबार, चैत १४ २०७८०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend