शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

लगानीकर्ता त्रासमा हुँदा २६ सयबाटै नेप्से सूचक खस्याे, अबको बजार कस्तो रहला?

images
images
images
लगानीकर्ता त्रासमा हुँदा २६ सयबाटै नेप्से सूचक खस्याे, अबको बजार कस्तो रहला?
images
images

काठमाडौं- साताको पहिलो कारोबारको दिन आइतबार सेयर लगानीकर्ताहरूका लागि अनपेक्षित बन्न पुग्यो। सेयर बजारले सकारात्मक बाटो समाउन खोजिरहेको बेला गएको बिहीबार बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि लगानीकर्ताहरू उत्साहित बनेका थिए।

images
images
images

तर आइतबार  सेयर बजारले उत्साहित लगानीकर्तालाई निराश मात्र बनाएन, २६ सयको मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर २६ फागुनकै अवस्था २५ सयमा आइपुगेपछि  लगानीकर्ताले  बजारप्रति विश्वास गुमाएका छन्। विस्तारै उठ्ने प्रयासमा रहेको बजार घट्नुले बजारको आगामी दिशाा स्पष्ट हुन सकेको छैन।

images

आइतबार इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्यमा भने उत्साहजनक रहन पुगेको थियो। त्यसैको प्रभावले करिब पाँच अर्बमाथिको सेयर कारोबार हुन पुग्यो। रकममा फागुनको दोस्रो हप्तादेखि नै सुस्त अवस्थामा रहँदा बीमा कम्पनीको सेयर मूल्यमा आएको परिवर्तनले खरिददारहरू सक्रिय भएका थिए।

images

आइतबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भयो भने सबैभन्दा धेरै फाइनान्स समूह र विकास बैंकले गुमाउन पुगे। 

images
images

एमसीसीलाई लिएर उछालिएको जलविद्युुत समूहको सेयर अहिले सुुस्त छ। एमसीसीलाई लिएर लगानीकर्ताहरूले भित्री चलखेलकै आधारमा निकै सस्तो मूल्यमा रहेको जलविद्युत कम्पनीको सेयर मूल्यलाई समेत उच्च मूल्य बढाएर बेचेका थिए।

अहिले इन्स्योरेन्सको अवस्था पनि त्यस्तै आउने देखिन्छ। सस्ता मूल्यमा रहेका इन्स्योरेन्स कम्पनीहरूको मूल्यसमेत आइतबार हरियाली बन्न पुुगेको थिए। केही ठूला लगानीकर्ताहरू सामान्य निहुँ पाएर बजार बढाउनका लागि तयार भइहाल्ने प्रवृति छ। कतिसम्म भने ब्रोकर समेतको मिलोमतोमा लगानीकर्ता बजार बढाउनका लागि तयार भइहाल्ने अवस्थामा पुगेका देखिन्छन्।

लगानीकर्ताहरू अहिले आत्तिएको कारण भने २५ सयमा पुन: फर्किएकैले हो। लामो समयसम्म  २५ सयको माथिल्लो बिन्दुमा पुगेको नेप्से सूचकले अघि बढ्न र तल ओर्लिन सकेको थिएन। बैंकमा देखिएको तरलताको संकट नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो टाउकोदुखाइ बनेको थियो। चुनावी माहोलले रकम रुपान्तरण हुने चर्चा पनि उत्तिकै चलेको थियो। करिब १० दिन लगानीकर्ताहरू २६ सयकै बिन्दुुबाट टेको लगाउन सकिरहेका थिए। 

तर, आइतबार बजारमा बिक्रेताको चाप धेरै देखिन्थ्यो जसले गर्दा  प्यानिक सेलिङ मात्र नभएर, खरिददारहरू पनि उत्तिकै सक्रिय देखिन्थे जसको कारण बजार कारोबारको केही घण्टाबाटै ओर्लिन पुगेको थियो। एक ब्रोकर भन्छन्, 'अहिले बजारले लिएको मुख्य करेक्सन हो, आवश्यकताभन्दा बढी छिटो समयमै बजार ३२ सयसम्मको हाइब्रेक बनाउन पुग्नुले नै अहिलेको अवस्था आउनु थियो, यतिबेला नेप्से २८ सयसम्मको अवस्थामा रहेको भएर बजार विस्तारै मुभ हुन सक्थ्यो।’

बजार मनोवैज्ञानिक तहबाटै तल झरेकाले अझै केही समय करेक्सनमा रहन सक्ने देखिन्छ। लगानीकर्ताहरू अहिले बजार पस्न डराएका छन् भने  सस्तो मूल्यमा बेच्न पनि लगानीकर्ताहरू तयार अवस्थामा नहुँदा पर्ख र हेरको  स्थितिमा अहिलेको बजार देखिन्छ।

अहिले बजारको पछिल्लो प्राविधिक अवस्थालाई हेर्ने हो भने जीवन विकास लघुवित्त र इमजिङ्ग नेपाल र राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ। 

जीवन विकास लघुुवित्तले पहिलोपटक लगानीकर्ताका लागि ७३  प्रतिशतसम्म लाभांश प्रस्ताव गरेको छ। यसले नै अहिले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। इमजिङ्ग नेपालले अहिले नेपाल स्टक एक्सचेन्जमा साधारण सेयरमार्फत सूचीकृत भएको कम्पनी हो। हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रहेको छ। 

इमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक-निजी साझेदारी (पीपीपी) लगानी कम्पनीको रूपमा विभिन्न क्षेत्रका परियोजनाहरूमा लगानी गर्ने उद्देश्यले अगस्ट २०१५ मा स्थापना भएको थियो। नेपालका प्रख्यात व्यापार समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ, जसमा विशाल समूह र समूहसँग सम्बद्ध संस्थाहरू र व्यक्तिहरूमा ५० प्रतिशतभन्दा बढीको संयुक्त हिस्सेदारी रहेको छ।

इमर्जिङ्ग नेपाल लिमिटेड नेप्सेमा लगानी कम्पनीको रूपमा सूचीकृत हुने छैठौँ कम्पनी हुनेछ। यसरी, थप लगानी क्षेत्र र यसको सूचकांकको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसबाहेक, एक लगानी कम्पनीको रूपमा, इमर्जिङ्ग नेपाल लिमिटेडले पुँजी बजारबाट राष्ट्रिय अर्थतन्त्रका विविध क्षेत्रहरूमा लगानी कोषहरू च्यानल गर्न मद्दत गर्न सक्छ।

बाँडफाँट कार्यक्रमको क्रममा, कम्पनीका सीईओले स्पष्ट गरे कि अन्य लगानी कम्पनीहरूभन्दा कम्पनीको भिन्नता भनेको कम्पनी इक्विटीमा केन्द्रित छ, ऋणमा केन्द्रित वित्तीय संस्थाको रूपमा काम गर्ने अन्य कम्पनीहरूको तुलनामा। सीईओले कम्पनीको मुख्य उद्देश्य ऊर्जा, सञ्चार र यातायातजस्ता मुख्य पूर्वाधारमा लगानी यसको मुख्य उद्देश्य भएकाले पनि लगानीकर्ताको आकर्षण यस कम्पनीमा देखिएको हो।

यस्तो छ कम्पनीको प्रावधिक पक्ष

पछिल्लो एक हप्तामा नेप्से अहिले बेरियस मुभमेन्टमा रहेको देखिन्छ। जसमा पहिलो र दोस्रो मैनबत्तीको सानो दुईवटा हरियो मैनबत्तीको शरीर बनेको छ। जुनै एकै आकारको शरिर बनेको छ भने दुईवटामा एउटा हरियो मैनबत्तीको शरीर झुण्डिएको अवस्थामा देखिन्छ। यसले मूल्य आन्दोलनको शिखर वा सुस्ततालाई सङ्केत गर्छ, र यो बजारमा आउन लागेको मन्दीको सङ्केत हो। दोस्रो मैनबत्ती जति तल जान्छ, प्रवृति त्यति नै महत्त्वपूर्ण हुने सम्भावना हुन्छ।

अर्को तीनवटा ठूलो कालो मैनबत्तीको आकारले ढाकेको छ। पहिलो कालो मैनबत्तीले फराकिलो शरिर बनाएको छ भने दोस्रो कालो मैनबत्तीले सोहि आकारको तर माथितिर चुच्चो आकार बनाएर छोटो मैनबत्ती बनाएको  छ। त्यसैले नेप्सेले अर्को ठूलो मैनबत्ती बनाएको छ। यो लामो रातो शरीरबाट बनेको छ यसले अझ ठूलो मैतबत्तीको रेखा बनाउने सम्भावना पनि देखिन्छ । 

(माथि देखाएको पछिल्लो एक हप्तामा बनेको मैनबत्ती)

nepse 1.PNG

 

images

प्रकाशित : सोमबार, चैत १४ २०७८०५:४३

प्रतिक्रिया दिनुहोस