शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाउने तयारी

हेलिकप्टरका लागि भक्तपुरमा टर्मिनलसहितको पूर्वाधार निर्माण हुने 

images
सोमबार, चैत १४ २०७८
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाउने तयारी

प्राधिकरणले निरन्तर ताकेता गरेपनि भीआइपीहरूले आफ्नो गाडी हेलिप्याडसम्म लिने गरेका छन्। नियमन कठिन भएकाले पनि हेलिप्याड स्थानान्तरण गर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाउने तयारी गरेको छ। 

images
images
images

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको र सुरक्षित र द्रुत सेवाका लागि हेलिप्याड हटाउने निष्कर्षमा प्राधिकरण पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाएर हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण गर्ने प्राधिकरणको योजना छ। 

images
images

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। हेलिकप्टरका लागि पनि दैनिक यात्रुहरू विमानस्थलकै सुरक्षा घेरा पार गर्दै गइरहेका हुन्छन्। 

images
images

अरु सबै उडानको प्रकृति उस्तै भएपनि हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने प्राधिकरणले निष्कर्ष निकालेको छ। 

उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडानमा जाने यात्रुहरू हेलिप्याडसम्मै पुगेर यात्रा गर्ने गरेका छन्। हेलिकप्टर पनि सँगै हुँदा कतिपय नेताहरू प्रोटोकल विपरीत निजी गाडी हेलिप्याडसम्मै लैजाने गरेका छन्। 

प्राधिकरणले निरन्तर ताकेता गरेपनि भीआइपीहरूले आफ्नो गाडी हेलिप्याडसम्म लैजाने गरेका छन्। नियमन कठिन भएकाले पनि हेलिप्याड स्थानान्तरण गर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। 

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाएर भक्तपुरको नर्लिङमा हेलिप्याड बनाउने तयारी गरेको छ। नर्लिङमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिप्याड बनाउने तयारीमा रहेको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। 

'नयाँ हेलिप्याड बन्नेमात्र होइन त्यहाँ आधुनिक टर्मिनलसहितको सुविधासम्पन्न पूर्वाधार बन्छ' उनले भने। 

यसका लागि अहिले प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ। लागत अनुमान तथा प्राविधिक अध्ययनको काम भइरहेको अधिकारीले जानकारी दिए। प्राविधिक रुपमा सम्भव देखिनेवित्तिकै हेलिप्याड निर्माणको काम अघि बढ्ने उनको भनाइ छ। 


प्रकाशित : सोमबार, चैत १४ २०७८१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend