शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

जीओ अटोमोबाइलद्वार नयाँ एमजी हेक्टर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

बिहीबार , जेठ ७ २०८३
जीओ अटोमोबाइलद्वार नयाँ एमजी हेक्टर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

नयाँ एमजी हेक्टरको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ रहेकफ छ। विभिन्न चार भेरियन्टमा उपलब्ध नयाँ हेक्टर ७ सिटरको मूल्य ८० लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- जीओ अटोमोबाइल्सले जेएसडब्ल्यू एमजी मोटर इन्डियाले उत्पादन गरेको एमजीको नयाँ हेक्टर भित्र्याएको छ। बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा जीओ अटोमोबाइल्सले नयाँ हेक्टर सार्वजनिक गरेको हो। 

केही समयअघि एमजी विन्डसर र एमजी कोमेट नेपाली बजारमा भित्र्याइसकेको जीओ अटोमोबाइल्सले अब हेक्टरसमेत थपेर एमजी ब्रान्डको उत्पादन श्रृंखला अझ विस्तार गरेको छ। कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा अघिल्लो संस्करणको तुलनामा डिजाइन, प्रविधि र समग्र प्रिमियम अनुभवमा उल्लेखनीय सुधार गरिएको छ। 

गाडीमा आधुनिक आन्तरिक सजावट, स्मार्ट कनेक्टिभिटी प्रणाली, उच्चस्तरीय सुरक्षा विशेषता, फराकिलो क्याबिन र प्रयोगकर्तामैत्री फिचरहरू समावेश गरिएका छन्। एउटै मूल्य दायरामा पाइने प्रतिस्पर्धी गाडीहरूको तुलनामा यसले ठूलो एसयूभी अनुभव, उच्च आराम र दैनिक उपयोगिता प्रदान गर्ने दाबी कम्पनीले गरेको छ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीकै सर्वाधिक लोकप्रिय एसयूभीमध्ये एक रहेको बताए। उनका अनुसार गाडीको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि र फराकिलो बनावटले ग्राहकको विश्वास आर्जन गरेको छ। शैली, सुरक्षा, प्रविधि र व्यावहारिकताको उचित संयोजन खोज्ने नेपाली ग्राहकका लागि यो गाडी उत्तम विकल्प साबित हुने उनको विश्वास छ।

नयाँ एमजी हेक्टरको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ रहेकफ छ। विभिन्न चार भेरियन्टमा उपलब्ध नयाँ हेक्टर ७ सिटरको मूल्य ८० लाख ९९ हजार रुपैयाँ तोकिएको छ।  

नयाँ एमजी हेक्टर १.५ लिटरको दर्बोचार्ज्ड इन्टरकुलेड पेट्रोल इन्जिन छ। जसले १४३ पीएस तथा २५० एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पीड म्यानुअल र सीभीट गियर अप्सन उपलब्ध छ।


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend