काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको छ।खराब कर्जा र न्यूनतम पुँजीकोषले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही प्रकृया अगाडि बढाएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात बढेर ५९.३७ प्रतिशत पुगेको छ। जसले बैंकको कर्जा असुलीमा समस्या रहेको देखिन्छ। यसैगरी बैंकको पुँजी कोष अनुपात ३७.११ प्रतिशत पुगेको छ।
सार्वजनिक विवरण अनुसार बैंकको समग्र वित्तीय अवस्था निकै दबाबपूर्ण देखिएको छ। समीक्षा अवधिसम्म बैंकले ४ करोड ९७ लाख ८१ हजार ५१३ रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।
खुद नोक्सानीसँगै बैंकको कुल वितरणयोग्य नाफा वा नोक्सान पनि सोही रकम बराबर अर्थात् ४ करोड ९७ लाख ८१ हजार ५ सय १३ रुपैयाँ ऋणात्मक रहन पुगेको छ।
व्यवसाय विस्तार र कर्जा प्रवाहमा देखिएको सुस्तताका कारण बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक १० रुपैयाँ ९८ पैसा ऋणात्मक रहेको छ।यस अवधिमा बैंकले ग्राहकहरूलाई १२ करोड ९५ लाख ५० हजार ६१८ रुपैयाँ बराबरको कर्जा तथा सापटी प्रवाह गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ९३ हजार ५ सय रुपैयाँ कायम रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने ३२ रुपैयाँ ९८ पैसा मात्र रहेको छ। जुन अंकित मूल्य १०० रुपैयाँ भन्दा निकै कम हो।
बजारमा बैंकको प्रतिशेयर मूल्य १ सय ६७ रुपैयाँ कायम रहँदा प्रतिसेयर आम्दानी ऋणात्मक भएका कारण मूल्य आम्दानी अनुपातपनि १५.२१ गुणा ऋणात्मक देखिएको छ। त्यस्तै बैंकको प्रतिसेयर वितरणयोग्य नाफा पनि ९ रुपैयाँ ४८ पैसा ऋणात्मक अवस्थामा छ। बैंकको आधार दर १८.९८ प्रतिशत र निक्षेप संकलन लाग ५.५८ प्रतिशत रहेको छ।
यस त्रैमाससम्ममा बैंकको ब्याजदर अन्तर ४.५० प्रतिशत कायम हुँदा कर्जा निक्षेप अनुपात ५६.७७ प्रतिशत कायम भएको छ। खराब कर्जाको दर उच्च रहँदा बैंकको नाफा र व्यवसायिक वृद्धिमा यसले प्रत्यक्ष धक्का पुर्याएको देखिन्छ।