शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

ग्रामीण सडकमा गुड्ने गाडीको भन्सार घटाउन व्यवसायीको माग

images
images
ग्रामीण सडकमा गुड्ने गाडीको भन्सार घटाउन व्यवसायीको माग

त्यस्तै निजी प्रयोजनमा प्रयोग हुने कारको भन्सार ८० प्रतिशतबाट ६० प्रतिशतमा ल्याउने पर्ने माग गरिएको छ। 

images
images

काठमाडौं- अटोमोबाइल व्यावसायीहरूले सवारीसाधनमा लाग्दै आएको कर अत्याधिक भएको बताउँदै आएका छन्। अन्य देशको तुलनामा नेपालमा निजी कारमा लगाइएको कर निक्कै महँगो छ। त्यसैले अटोमोबाइल व्यावसायीहरूको छातासंस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारलाई हरेक वर्षको बजेटमा सवारी साधनको कर कम गर्नेदेखि एसेम्लब उद्योगका लागि ल्याइने किटसम्ममा छुटसम्मको सुझाव दिँदै आएका छन्। 

images
images
images

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि नाडाले भन्सार विभागमाफर्त सरकारलाई विभिन्न सुझाव दिएको छ। नाडाले व्यवासयीक प्रयोजनमा प्रयोग हुने जीप प्रकृतिका गााडीमा हाल कायम रहेका ८० प्रतिशत भन्सार महशुललाई ५० प्रतिशत गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। 

images

यस्ता जीपमा भन्सार कम गर्दा दुर्गम तथा ग्रामिण क्षेत्रका यात्रुले सहुलियतमा यातायातको सुविधा पाउने र अयाताको संख्या बढ्दा भन्सारको दायरा बढ्ने नाडाको भनाइ रहेको छ। त्यस्तै निजी प्रयोजनमा प्रयोग हुने कारको भन्सार ८० प्रतिशतबाट ६० प्रतिशतमा ल्याउने पर्ने माग गरिएको छ। 

images

सर्वसाधारणले सस्तामा कार चढ्न पाउने र विश्व व्यापार संघठनमा प्रवेश गरेपछि भन्सार घटाउँदै लानु पर्ने व्यस्थासमेत कार्यान्वयन हुने नाडाको जिकिर छ। त्यस्तै नाडाले आयलसिल र होस क्लेममा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई ५ प्रतिशत र तीन किसिमका ग्लासमा लाग्दै आएको ३० प्रतिशत भन्सारलाई पनि ५ प्रतिशतमात्र लाग्ने व्यवस्था गर्नु पर्ने सुझाव सरकारलाई दिएको छ। 

images
images

स्पेयर पार्टसको कारण सवारीसाधनको मर्मत सम्भारमात्र हुने नभइ यसको प्रयोगले वातावरणमा सकारात्मक प्रभाव पर्ने र विभिन्न किसिमका साना ठूला सर्भिस सेन्टर सञ्चालन भइ उद्योगको रुपमा स्थापित हुने हुँदा स्थानीय तहको भ्यालु एडिसन हुने नाडाको भनाइ छ। स्पेयर पार्टसको भन्सार महशुलमा एक रुपमा ल्याउँदा राजस्वको दायरा बढ्ने र अवैध पैठारीसमेत निरुत्साहित हुने विश्वास नाडाको छ। 

भारतबाट नेपाल सामान आयात गर्दा ढुवानी ५ प्रतिशत र बीमा १ प्रतिशतभन्दा बढी नहुने हुँदा भन्सार महशुल हिसाब गर्दा ढुवानी खर्चको स्टाटिकल भ्यालुएसनलाई १० बाट ५ प्रतिशत गरिनुपर्ने र बीमालाई २ बाट १ प्रतिशत हुनेपर्ने नाडाको भनाइ छ। 

यसैगरि नाडाले लुब्रिकेन्टिङ आयलको आयातमा लाग्दै आएको ३० प्रतिशत भन्सारलाई २० प्रतिशत र वेस आयलमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई ५ प्रतिशत बनाउनु पर्ने माग गरेको छ। 

विद्युतीय मोटरबाट चल्ने १ सय किलोवाटसम्मका विद्युतीय सवारी खरिदमा हाल लाग्दै आएको १० प्रतिशत भन्सार महशुललाई १ प्रतिशत ल्याउनु पर्ने सुझाव नाडाको छ। 

दुई पांग्रे सवारी चालकले सुरक्षाका लागि लगाउने हेल्मेटमा हाल १५ प्रतिशत भन्सार लाग्दै आएकोमा यसमा शून्य भन्सार गर्नुपर्ने माग गरिएको छ। त्यस्तै दुई पांग्रेको वर्गीकरण हाल १२५ सीसीसम्म, १२५ देखि २५० सीसीसम्म, २५० देखि ४०० सीसीसम्म र ४ सय सीसीदेखि माथीको रहेको छ। यो वर्गीकरणलाई ० देखि २५० सीसीसम्म, २५० देखि ५०० सीसीसम्म र ५ सय सीसीदेखि माथि बनाउनु पर्ने सुझाव नाडाको छ। 

यसैगरि दुई पांग्रेको एसेम्बीको सेगमेन्ट र इम्र्पोटको सेगमेन्ट एउटै हुनुपर्ने भनिएको छ। नाडाले व्यावसायिक सवारीसाधन, हेभी इक्युपमेन्ट, ट्याक्टर तथा कृषि उपकरण, वर्कसप उपकरण तथा इक्युपमेन्टको आयातमा लाग्दै आएको भन्सार महशुलमा केही परिमार्जन गर्न सुझाव दिएको छ। 

images

प्रकाशित : सोमबार, चैत १४ २०७८०४:५०

प्रतिक्रिया दिनुहोस